वाइसीएलले दस शहरमा जनयुद्ध दिवस मनाउने

  
  प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       | 279 Views   ||

वाइसिएल नेपालले देशका १० प्रमुख शहरमा जनयुद्ध दिवस विविध कार्यक्रमका साथमा मनाउने भएको छ।

राजधानी उपलब्ध पदाधिकारीहरुको बिहीबार बसेको बैठकले काठमाडौँ, पोखरा, नेपालगन्ज, धनगढी, चितवन, वीरगन्ज, इटहरी, दाङ, सुर्खेत, बुटवल सहरमा विशेष कार्यक्रम गर्ने भएको हो। कार्यक्रमको तयारीका लागि वाइसिएललेकेन्द्रीय नेताहरुको जिम्मेवारी समेत तोकेको छ।

जसअनुसार इटहरीमा पूर्ण भुजेल, वीरगंजमा लालेन्द्रकुमार मण्डल, काठमाडौंमा ज्ञानबहादुर गुरुङ्, चितवनमा केहरसिंह कुँवर, पोखरामा विनय थापा, बुटवलमा गंगा कार्की ‘पुजा, दाङमा गणेश शाही, नेपालगंजमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल ‘युनाईटेड’, र धनगढीमा सुरज सिंहलाई संयोजक तोकेको छ।

नेकपा माओवादी केन्द्र निकट वाइसीयल नेपालले जनयुद्ध दिवशको अवसर पारेर देशका दश शहरमा भव्यरुपमा जनयुद्ध दिवश मनाउने भएको छ । माघ १८ गते काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको बैठक बसेर उक्त निर्णय सार्वजनिक गरेको हो ।

‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकाससहित वाम गठबन्धनलाई पार्टी एकतामा बदलौं’ भन्ने मूल नाराका साथ संगठनका सबै तहका कमिटिलाई निर्देशन दिएको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *