नारायणपुर महोत्सवमा प्रमोद खरेलको धमाका, शनिबार रामजी खाँड

  
  प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       | 218 Views   ||

दाङ । नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव’ मा सुगम संगीतका चर्चित गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् ।

शुक्रबार महोत्सवमा खरेलले आफ्ना उत्कृष्ट प्रस्तुति राख्दै दर्शकहरुलाई मनोरञ्जन दिएका हुन् ।

अपराह्न ५ बजेतिर प्रस्तुति राख्न सुरु गरेका प्रमोदले १ घण्टासम्म चर्चित गीतहरु प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा युवाहरु निकै झुमेका थिए ।

‘म बिना कसै कसैलाई मुस्कील छ पोखरामा’ बोलको गीतबाट गायकी सुरु गरेका प्रमोदले ‘चल बतास चलचल् अझै बेगले चल, ओए झुमा ओए झुमा झुमा झुम्कावाली, लाइदेउ न मायाले, हाँसिदेउ न माया खोलेर दन्ते लहर’ बोलको गीत उनले प्रस्तुत गरेका थिए ।

अहिलेका चर्चित गायक प्रमोदको प्रस्तुतिमा दर्शकहरु छमछमी नाचेका थिए । खचाखच भरिएको नारायणपुर महोत्सवमा स्टेच तताउन खप्पिस गायक प्रमोदले स्रोता एवं दर्शकहरुको रोजाइका गीतहरु गाएका थिए । महोत्सवमा शुक्रबार मोडल विनु खड्काले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन् ।

महोत्सवमा शनिबार लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय एवंं चर्चित गायक रामजी खाँडको प्रस्तुति रहने आयोजक नारायणपुर उद्योग वाणिज्य संघले जनाएको छ । शनिबार रामजीसँगै गायिका तथा मोडल प्रीति आलेसहितका कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो ।

यसैबीच नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दिगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा शुक्रबारसम्म हजारौ दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् ।

महोत्सवमा व्यापारिक, पर्यटन, कृषि एवं अन्य स्टलहरु रहेका छन् । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, यस क्षेत्रका पर्यटकीय स्थलहरुको चिनारी, जातीय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिविर तथा धार्मिक प्रवचन, झुला, मौतका कुवा, पिङ, ब्रेक डान्ससहित बाल उद्यानका सम्पूर्ण सामग्री रहेको महोत्सव आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *