खुल्ला पुरुष भलिबलको तयारी तिव्र

  
  प्रकाशित मितिः शनिबार, माघ २०, २०७४       | 147 Views   ||

लक्ष्मण बस्नेत

तुलसीपुर । दाङको शान र गौरव वृहत्त खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७४ को तयारीलाई तिव्र पारिएको छ ।

नगर युवा सञ्जाल तुलसीपुर दाङको आयोजनामा माघ २५ गतेदेखि सञ्चालन हुने जिल्लाको ठूलो धनराशी पुरस्कार रहेको प्रतियोगिताको प्रचार प्रसार, टिम दर्ता, खेल मैदान निर्माणसँगै प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन तयारीलाई तिव्र पारिएको नगर युवा सञ्जाल तुलसीपुरका अध्यक्ष प्रकाश शर्माले बताएका छन ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ तुलसीपुरको अरनिको मैदानमा संचालन हुने प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद ६० हजार पुरस्कार तथा शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने सञ्जालका सहसचिव प्रकाश रावतले बताए ।

त्यस्तै उपविजेता र तृतीय हुने टिमले क्रमशः ३५ र २० हजार नगद पुरस्कार तथा शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने सहसचिव रावतले बताए ।

प्रतियोगिता संयोजक कमल खत्रीका अनुसार टिम दर्ता शुल्क ४ हजार तोकिएको र टिम दर्ता फोनको माध्यमबाट समेत गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा भाग लिन चाहने टिमले आफ्नो टिममा ९ जना खेलाडीको नाम समावेश गर्नुपर्र्ने, खेलाडीहरुले खाना र बासको आफै व्यबस्था गर्नु पर्ने साथै जर्सीको व्यबस्था आफै गर्नुपर्ने सञ्जालका अध्यक्ष प्रकाश शर्माले बताए ।

शर्माका अनुसार खेल अवधिमा कुनै विवाद आए आयोजक र अम्पाएरको निर्णय नै अन्तिम निर्णय हुने र खेल सम्बन्धी सम्पूर्ण नियम आयोजकमा निहित हुनेछ ।

यसैबीच आयोजकले प्रतियोगितालाई भव्य एवम् सभ्य तवरले सम्पन्न गर्न जिल्लामा स्थापित उद्योगी, व्यवसायी, खेलप्रेमी, खेलाडी, राजनीतिक दल, वुद्धिजिवी, नागरिक समाज, पत्रकारलगायत सबैमा आवश्यक सहयोगको लागि आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *