समाजवादी शिक्षाको पहिलो आधार प्राविधिक शिक्षा– तिलकराज भण्डारी

  
  प्रकाशित मितिः आइतवार, माघ २१, २०७४       | 270 Views   ||

काठमाडौं । अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले आर्थिक समृद्धि र सामजिक रूपान्तरणसहितको समाजवाद निर्माणमा प्राविधिक तथा व्यवसायिक शिक्षाको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

अखिल क्रान्तिकारी कसमस कलेजको आठौं ईकाइ सम्मेलनको उद्घघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

समाजवादी शिक्षा प्राप्तिको आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने भन्दै उपाध्यक्ष भण्डारीले राष्ट्रको साधनश्रोतको सदुपयोग गर्न सक्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्प्रधा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने सक्षम र सीपमूलक जनशक्ति उत्पादन गर्नु समाजवादी शिक्षा प्रणालीको मुख्य उद्देश्य रहेको बताए ।

अखिल क्रान्तिकारी कसमस कलेजको आठौं ईकाइ सम्मेलनको उद्घघाटन सत्रमा बोल्दै उपाध्यक्ष भण्डारीले समाजवाद निर्माण गर्ने प्राविधिक शिविर निर्माण गर्न विद्यार्थीहरूलाई अपिल गरे ।

सम्मेलनले षडानन्द रिजालको अध्यक्षतामा ३५ सदस्यीय ईकाइ समिति निर्वाचित गरेको केन्द्रिय सचिव तथा विश्वविद्यालय समितिका सयोजक अच्युत भट्टले जानकारी दिएका छन् ।

सम्मेलनमा संगठनका उपमहासचिव मिलन एमसी र सचीव डा. अच्युत भट्टको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *