दाङ । राष्ट्रिय सभा सदस्यका लागि पाँच नम्बर प्रदेशको निर्वाचन दाङको घोराहीमा सम्पन्न भएको छ ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो ।
निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार कूल ३ सय ५ मतदातामध्ये २ जना मतदाता मतदानमा अनुपस्थित रहेको बताए । जसमा प्रदेश सभा सदस्यतर्फ ८६ र स्थानीय तहतर्फ २१७ मत खसेको छ ।
प्रदेश सभाका ८७ सदस्य र स्थानीय तहका २ सय १८ गरी ५ नम्बर प्रदेशमा कुल ३ सय ५ मतदाता रहेका थिए ।
५ नं. प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनको झलक फोटो पत्रकार कुलदीप न्यौपानेले आफ्नो क्यामेरामा कैद गरेका छन् ।
तस्बिरहरु : कुलदीप न्यौपाने