रोग कुनै वर्ग, समुदाय, जात, लिंग र उमेरको हुँदैन । रोगले धनी र गरिब पनि छुट्याउँदैन । तर, हाम्रो सामान्य लापरवाहीले जो सुकैलाई पनि रोग लाग्न सक्छ । अन्य उमेर समूहको तुलनामा वृद्ध र बालबच्चालाई संक्रमणले चाँडै समात्छ ।
बच्चाहरुसँग रोगसँग प्रतिरक्षा गर्न सक्ने क्षमता (इम्यूनिटी पावर) कम हुने भएकाले उनीहरुलाई चाँडै असर गर्छ । मौसम परिवर्तनका बेला विभिन्न खाले व्याक्टेरियाहरु सक्रिय हुने भएकाले बच्चाहरुलाई संक्रमण हुने खतरा धेरै हुन्छ ।

बालरोग विशेषज्ञ
अहिले जाडोको मौसम छ । यो समयमा बच्चालाई पखाला र रुघाखोकीजस्ता समस्या बढी देखिन्छन् । रोटा भाइरसको संक्रमणले पखाल र आरएएवी भाइरसले रुघाखोकी लगाउँछ ।
बिरामी हुँदा बच्चामा देखिने लक्षण
- ज्वरो आउने
- नाकबाट सिंगान बग्ने
- नाक बन्द हुने
- आँखाबाट आँसु आउने
- पखाला लाग्ने
- आमाको दुध नचुस्ने
- कोखा हान्ने
बच्ने उपाय
- जाडो मौसममा बिहान र बेलुका बच्चालाई घरबाहिर नराख्ने
- घाम लागेपछि बच्चालाई सेकाउने
- रुघाखोकी लागेको ठूला मान्छेले बच्चालाई म्वाई नखाने ।
- तातो झोल पदार्थ प्रशस्त खुवाउने ।
- पाँच महिनासम्मका बच्चालाई आमाको दुध मात्र खुवाउने ।
- ५ महिनामाथिका बच्चालाई नियमित आहारा पनि खुवाउने ।
- तातो झोल पदार्थ खुवाउने ।
- यदि बच्चा गम्भीर देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्नुपर्छ ।
(रेग्मी गोरखा पब्लिक अस्पताल घोराहीमा कार्यरत छन्)