माओवादी केन्द्र दाङद्वारा पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०७४       | 208 Views   ||

दाङ । नेकपा माओवादी केन्द्र दाङले शोक विज्ञप्ती जारी गरी तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका बुवा टेकबहादुर पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टी जिल्ला इन्चार्ज जीवन गौतमले आज एक विज्ञप्ती जारी गरी तुलसीपुर– ८ अश्वारानिबासी ७८ वर्षीय टेकबहादुर पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

पाण्डेको निधनले दाङको कम्युनिष्ट आन्दोलनका एक अग्रज अभिभावकलाई गुमाएको बताउँदै विज्ञप्तीमा उहाँले कम्युनिष्ट आन्दोलनका साथै सामाजिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गरिएको छ ।

‘पाण्डेको निधनले दाङको कम्युनिष्ट आन्दोलनका एक अग्रज र कुशल अभिभावकलाई गुमाएको छ’, विज्ञप्तीमा भनिएको छ– ‘उहाँले यहाँको कम्युनिष्ट आन्दोलन र सामाजिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ । इतिहासले उहाँका योगदानको कदर गर्ने नै छ ।’

अभिभावकको निधनले शोकाकूल नगर प्रमुख घनश्याम पाण्डेलगायत सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

विज्ञप्तीको पूर्ण पाठ
शोक विज्ञप्ती

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका पुजनीय बुवा तुलसीपुर उपमहानगरपालिका– ८ अश्वारा निवासी ७८ वर्षीय टेकबहादुर पाण्डेको असामयिक र दुखद निधनले हाम्रो पार्टीलाई अत्यन्त स्तब्ध बनाएको छ । दुःखको यस घडिमा शोकाकुल नगर प्रमुख घनश्याम पाण्डेलगायत समस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै आकस्मिक दुर्घटनामा परी जीवन गुमाउनुहुने टेकबहादुर पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

पाण्डेको निधनले दाङको कम्युनिष्ट आन्दोलनका एक अग्रज र कुशल अभिभावकलाई गुमाएको छ । उहाँले यहाँको कम्युनिष्ट आन्दोलन र सामाजिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ । इतिहासले उहाँका योगदानको कदर गर्ने नै छ ।

अन्त्यमा, हामी सबैका अभिभावक टेकबहादुर पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने ऊर्जा प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौं ।

जीवन गौतम
इन्चार्ज
नेकपा माओवादी केन्द्र, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *