माउन्टभ्यूका विद्यार्थीले बनाए सिटी बाइक (फोटो फिचर)

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०७४       | 867 Views   ||

माउन्टभ्यूले मनायो ३४ औं वार्षिकोत्सव, वार्षिकोत्सवका अवसरमा विज्ञान प्रदर्शनी

दाङ । माउन्टभ्यू इंलिश बोर्डिङ स्कुलले आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ । विज्ञान प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा स्मारिका विमोचन गरी विद्यालयले स्थापना दिवस मनाएको हो ।

सो अवसरमा विद्यार्थीहरुले विद्यालयमा अध्ययनका क्रममा प्राप्त गरेको ज्ञान प्रयोग गरी विज्ञानका विभिन्न सामग्री उत्पादन गरेर प्रर्दशन गरेका थिए ।

प्रर्दशनीमा बालबालिकाहरले वातावरण प्रदूषण, कक्षामा अध्ययन गर्ने विभिन्न सिद्धान्तहरुको आधारमा तयार पारिएका सामग्रीहरु, स्वास्थ्यसम्बन्धी विषयमा तयार पारिएका जानकारीमूलक चित्रहरु समेत राखेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले बालबालिकाहरुको सीप र क्षमता बिकास गर्नका लागि प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । बालबालिकाहरुले बनाएका आविस्कार तथा सिर्जनाहरु उनीहरुको सिकाइलाई बढावा दिने बताउनुभयो ।

सो अवसरमा विद्यालयले बार्षिक रुपमा प्रकाशन गर्दै आएको मुखपत्र ‘नवप्रभात’को विमोचनसमेत गरिएको थियो । विद्यालयले बार्षिक रुपमा प्रकाशन गर्ने मुखपत्र नवप्रभातको कार्यक्रमका प्रमुख अतिथि शिक्षा अधिकारी मैनाली, बरिष्ठ साहित्यकार गिरिराज शर्मालगायतले बिमोचन गर्नुभएको थियो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, गोरखा एजुकेशनल ग्रुपका सिइओ नवल जीएम, वरिष्ठ साहित्यकार गिरिराज शर्मालगायतले विद्यालयको विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सर्जन गौतमले गर्नुभएको थियो ।

हेर्नुस् विज्ञान प्रदर्शनीका झलक

तस्विरहरु : पाण्डव शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *