काठमाडौं । कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा त्रिशुली नदीमा खसेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खसेको हो।
जिपमा सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव रहेको र जिप त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । सचिवसहित तीन जना बेपत्ता भएका छन् । जिप शनिबार बिहान पौने तीन बजे त्रिशुलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेको जिपमा रामानन्दप्रसाद यादव, उनका छोरा सन्तोष यादव र एक जना आफन्त रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका गाडीका चालक नीरन्जन यादवलाई भने उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक संजय तिमल्सिनाले जानकारी दिए । बेपत्ताहरुको खोजीकार्य तीव्र पारिएको छ ।