जब ५० विद्यार्थी एकैपटक सडकमा नाचे (भिडियो सहित)

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०७४       | 293 Views   ||

भिक्टोरिया कलेज घोराहीमा अध्ययनरत विद्यार्थीहरूले चेतनामूलक सामूहिक नृत्य देखाएका छन् ।

अाइतबार साँझपख तुलसीपुरचोक नजिकै सडकमा विद्यार्थीहरूले नृत्य देेेखाएका हुन् ।

बीबीए ५० जना विद्यार्थीले ‘फ्ल्यास मुभ’ विधिमार्फत् लागुऔषध सेवन विरुद्ध जनचेतना बृद्धि गर्न र सामूहिक ब्यावसायिक सीपको विकास गर्न यो कार्यक्रम देखाएका हुन् ।

नृत्यपछि विद्यार्थीहरुले दुव्र्यसनबाट बचौं र बचाऔं शीर्षकको नार्कोनन् नेपालले तयार पारेको पर्चा पनि बाँडेका थिए ।

पर्चामात्रै बाँड्दै हिड्दा खासै प्रभावकारी नहुने भएकाले सडकमै विद्यार्थीहरुको जम्बो डान्ससहित कार्यक्रम मिलाइएको नार्कोनन नेपाल दाङका संयोजक वसन्त पुनले बताए ।

हेर्नुस् भिडियो-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *