नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
ओलीले प्रधानमन्त्रीका रुपमा आजै ४ बजे शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने र एमाले र माओवादीबाट एक–एकजनाले ओलीसँगै मन्त्रीको रुपमा शपथ लिने सम्भावना छ ।
त्यस्तै ओलीलाई संसदीय दलको नेता चयन गर्न एमालेले आजै पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको छ ।