चिनियाँ कम्युनिष्ट पार्टीका नेताले भेटे प्रचण्डलाई

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४       | 303 Views   ||

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग उपमन्त्री येझाऊ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

एमाले-माओवादी पार्टी एकीकरणको लिखित दस्तावेजमा हस्ताक्षर भएको भोलिपल्ट चिनियाँ कम्युनिस्ट पार्टी नेताले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा येझाऊले पछिल्लो राजनीतिक अवस्था तथा ७ बुँदे सहमतिबारे अध्यक्ष दाहालसँग जिज्ञासा राखेको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुवै दल पुगेको चिनियाँ नेतालार्इ सुनाएका थिए। प्रचण्डले यो नेपालको राजनीतिक इतिहासमै दूरगामी निर्णय भएको उल्लेख गरेका थिए ।

‘आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने’ उनले चिनियाँ नेतालाई सुनाएका थिए ।

चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै आधार खडा गर्ने विश्वास व्यक्त गरेका थिए । एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने उनले प्रतिबद्धता जनाएका थिए । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत उनले आश्वसन दिएका थिए ।

भेटका अवसरमा उपमन्त्रीले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपति शी जिनपिङद्वारा लिखित पुस्तक ‘द गभर्नेन्स अफ चाइना–२’ हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *