१७ वटा मन्त्रालय कायम गर्ने सरकारको निर्णय (मन्त्रालयका नामसहित)

  
  प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४       | 282 Views   ||

काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय : शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन , मन्त्रिपरिषद्को सचिवालय, जनशक्ति व्यवस्थापन

२. अर्थ मन्त्रालय : अर्थ नीति तथा योजना

३. उद्योग वाणिज्य तथा आपूर्ति : उद्योग वाणिज्य र आपूर्ति सम्बन्धी कार्य

४. कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय : ऐन नियम कानुन, संसदीय मामिला

५. कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय : कृषि पशुपालन सहकारी तथा भूमिसुधार

६. गृह मन्त्रालय : शान्ति सुरक्षा तथा शान्ति व्यवस्था

७. जल श्रोत तथा उर्जा मन्त्रलाय : सिंचाई, उर्जा, खानेपानी, जल उत्पन्न प्रकोप

८. परराष्ट्र मन्त्रालय : परराष्ट्र मामिला

९. वन तथा वातावरण मन्त्रालय : वन, वातावरण, भूसंरक्षण , जलाधार, जल तथा मौसम विज्ञान

१०. भौतिक पूर्वाधार तथा यातायात : सडक, यातायात र आवास

११. महिला बालबालिका एवं श्रम तथा रोजगार : महिला जेष्ठ नागरिक, तथा बालबालिका, श्रम तथा रोजगार सम्बन्धी कार्य

१२. रक्षा मन्त्रालय : रक्षा सम्बन्धी

१३. शिक्षा, विज्ञान, प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय : शिक्षा, विज्ञान, युवा , खेलकुद गतिविधि सम्बन्धी कार्य

१४. संस्कृति पर्यटन, नागरिक उड्ययन मन्त्रालय : कला संस्कृति, पर्यटन, नागरिक तथा हवाई उड्ययन

१५. स्वास्थ्य तथा जनसंख्या : स्वास्थ्य, जनसंख्या सम्बन्धी कार्य

१६. शहरी विकास तथा खानेपानी : शहरी विकास, योजना तथा खानेपानी सम्बन्धी

१७. सञ्चार तथा सूचना प्रविधि : सूचना, सञ्चार एवं प्रविधि सम्बन्धी कार्य

१८. संघीय मामिला तथा सामान्य प्रशासन : स्थानीय, संघीय विकास, कर्मचारी तथा जनशक्ति व्यवस्थापन

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।

संविधानसभाबाट संविधान जारी भएपछि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा प्रमुख सल्लाहकार नियुक्त भएका बिष्णु रिमाल यसपटक पनि ओलीको रोजाईमा परे । मन्त्रिपरिषद् बिस्तार गर्नुअघि ओलीले रिमाललाई आफ्नो प्रमुख सल्लाहकार नियुक्त गर्नुले पनि ओलीका लागि महत्वपूर्ण व्यक्ति हुन् भन्ने बुझ्न कठिन छैन ।

एमाले पोलिटव्यूरो सदस्य बिष्णु रिमाल प्रधानमन्त्री ओलीका सदाबहार सहयोगी नेता हुन् । मजदूर आन्दोलनको नेतृत्व गरेर पार्टीमा स्थापित भएका रिमाल नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अध्यक्ष पनि हुन् ।

पेशाले इन्जिनियर रिमाल सानो कदका ठूला नेता हुन् एमालेभित्र । नवौं महाधिवेशनमा रिमाल केपी ओली प्यानलबाट सचिवका उम्मेदवार थिए तर उनी पराजित भए । सचिवमा पराजित भए पनि केन्द्रीय सदस्य जितेका कारण उनी सिनियर पोलिटव्यूरो सदस्य तथा पार्टीको आर्थिक विभाग प्रमुख समेत छन् ।

आर्थिक मामिलामा पारदर्शी,विषयवस्तुलाई सजिलै बुझ्न सक्ने क्षमता र व्यवस्थापकीय कुशलताका कारण रिमाल ओलीको रोजाइमा परेको बालुवाटार स्रोतले जनाएको छ । रिमालले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक र प्रशासनिक संयोजन गर्ने गर्न सक्ने भएकाले उनलाई प्रमुख सल्लाहकार बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *