संगठन र विधानगत व्यवस्था बुझ्दै एमाले–माओवादी

  
  प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४       | 161 Views   ||

काठमाडौं । एकतापछि सांगठनिक तथा विधानगत व्यवस्थापन गर्न एमाले–माओवादी केन्द्रले सांगठनिक अवस्था र विधानगत व्यवस्थाबारे जानकारी लिने काम गरेका छन् ।

रामबहादुर थापा ‘बादल’ नेतृत्वको सांगठनिक–विधानगत विषय टुङ्गो लगाउन गठित कार्यदलको बैठकमा जानकारी लिने काम सुरु भएको हो ।

आजको बैठकमा दुबै पार्टीका नेताहरुले आफ्नो पार्टीको सांगठनिक र विधानगत व्यवस्थाबारे अर्को पार्टीलाई जानकारी गराएका थिए । शनिबार दिउसो २ बजेदेखि पेरिसडाँडास्थित कार्यालयमा भएको बैठक झण्डै २ घण्टा चलेको थियो ।

‘एक अर्को पार्टीको सांगठनिक अवस्था र विधानगत व्यवस्थाबारे जानकारी लिने–दिने काम आजको बैठकमा भयो’ कार्यदलमा रहेका एमाले नेता रघुवीर महासेठले भने, ‘अर्को बैठकमा अझ विस्तृतमा जानकारी गराउने र त्यसपछि थप निर्णय गर्ने सहमति भएको छ।’

महासेठका अनुसार अर्को बैठक १५ फागुनमा पेरिसडाँडास्थित माओवादी केन्द्रकै कार्यालयमा बस्नेछ । यो कार्यदलको निर्माण ७ फागुनमा भएको एकता संयोजन समितिको बैठकले गरेको थियो । त्यो बैठकमा पार्टी एकताको आधारपत्रमा समेत हस्ताक्षर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *