सकियो दाङ महोत्सव

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४       | 169 Views   ||

दाङ । १८ करोड २५ लाख आर्थिक कारोबार गर्दै दाङ महोत्सव सकिएको छ । गत फागुन ३ गतेदेखि घोराहीमा दाङ महोत्सव शुरु भएको थियो ।

विभिन्न स्टल, कृषिजन्य बिक्री वितरणबाट १८ लाख रुपैयाँ २५ लाख बराबरको आर्थिक कारोबार भएको उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार महोत्सव अवधिभर करिब ४ लाख ५० हजारले महोत्सवको अवलोकन गरेको आयोजकले दावी गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले महोत्सवमा करिब २० करोडको आर्थिक कारोबार र ५ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य लिएको थियो ।

महोत्सवको समापनका अवसरमा प्रमुख अतिथि प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले आर्थिक समृद्धिको लागि महोत्सवले सहयोग पु¥याएको बताउनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै डाँगीले कृषि उत्पादन प्रोत्साहन, स्थानीय सीप, क्षमता र वस्तुको बजारीकरणमा महोत्सवले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी, एमालेका टीकाराम खड्का, माओवादी केन्दूका निर्मल आचार्य, काँग्रेसका कमानसिंह भारती, राष्टिूय जनमोर्चाका गणेश आचार्य, नागरिक समाज दाङका सदस्य हरिप्रसाद पाण्डेय, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगायतले बोल्नुभएको थियो ।

महोत्सवमा सहयोग पु¥याउने विभिन्न संघसंस्थाहरुलाई सम्मान गर्नुका साथै विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *