सगरमाथा चढ्ने तयारीमा रहेका पत्रकार महिलाहरुले भेटे प्रचण्डलाई

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०७४       | 175 Views   ||

काठमाडौं । नेपाली मिडियामा कार्यरत पाँच जना पत्रकार महिलाहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सहयोगको पहल गरिदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर पत्रकार महिलाहरुले सगरमाथा आरोहणको इतिहासमा नै नयाँ कीर्तिमान राख्ने किसिमले आरोहण गर्न लागेको भन्दै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि प्रचण्डसँग अनुरोध गरेका हुन् ।

“फस्र्ट वुमेन जर्नालिष्ट्स एभरेष्ट एक्सपेडिसन २०१८” अभियानअन्तर्गत आउँदो अप्रिलमा सगरमाथा आरोहणको तयारीमा रहेको पत्रकार महिलाहरुको समूहले सरकारबाट रोयल्टी छूटदेखि अन्य सहयोगका लागि अनुरोध गरे ।

नेपाल टेलिभिजनमा कार्यरत रोजिता बुद्वाचार्यको नेतृत्वमा आएको टोलीले अध्यक्ष प्रचण्डसमक्ष समूहगतरुपमा पत्रकार महिलाहरुले आरोहण गर्न लागेको पहिलो घटना हुने र दीगो विकासको झण्डा सगरमाथामा फहर्याउने समेत बताएका थिए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले पत्रकारिता पेशामा संलग्न युवा पत्रकार महिलाहरुले सगरमाथा आरोहण गर्दा त्यसले महिलाहरुको सशक्तिकरणदेखि अन्य क्षेत्रमा समेत उर्जा प्रवाह गर्ने बताउनु भयो । उहाँले युवा उमेरमा सगरमाथाको आरोहणजस्तो चुनौतीपूर्ण काम गर्न खोजेकोमा शुभकामना दिदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *