रेडियो नेपालको ६८ औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय खुला आधुनिक सङ्गीत प्रतियोगिताको छनौट स्वरुप ५ नम्बर प्रदेशस्तरीय प्रतियोगितामा दाङमा हुने कार्यक्रम संयोजक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
रेडियो नेपाल ५ नम्बर प्रदेश प्रसारण कार्यालय दाङमा चैत १० गते छनौट प्रतियोगिता हुने छ । प्रदेशस्तरबाट प्रथम, द्वितीय तथा तृतीय हुनेहरुलाई २०७४ चैत १८ गते सिंहदरबार, काठमाडौँमा हुने अन्तिम चरणको प्रतियोगितामा सामेल गराइने रेडियो नेपालले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने गायक गायिकाहरुले आबेदनका साथमा आफूले गाउने गीतको प्रतिलिपि बुझाउनु पर्नेछ । केन्द्रीय प्रतियोगिताका साथै प्रदेश स्तरको प्रतियोगितामा सहभागी कलाकारहरूमध्ये प्रथम द्वितीय र तृतीय हुने कलाकारहरुलाई स्वर्ण, रजत तथा काश्य पदक तथा प्रमाण पत्र प्रदान गरिने रेडियो नेपालले जनाएको छ ।
प्रदेशभित्रका प्रतिभाले फागुन २५ गतेसम्म निवेदन दिनुपर्ने रेडियो नेपालले जनाएको छ ।