दाङमा शहीद परिवारलाई अभिनन्दन

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४       | 288 Views   ||

दाङ । जनयुद्धका शहीद तथा बेपत्ताहरुका परिवारजन तथा घाइतेहरुलाई माओवादी केन्द्रले अभिनन्दन गरेको छ । जनयुद्ध दिवस तथा शहीद सप्ताहको अवसरमा घोराही, शान्तिनगर, गढवालगायतका ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गरी माओवादी केन्द्रले उनीहरुलाई अभिनन्दन गरेको हो ।

घोराही उपमहानगर समितिले घोराहीमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा पार्टीका जिल्ला सह–इन्चार्जद्वय निर्मल आचार्य र हेमराज शर्मा ‘डायमण्ड’ले दोसल्ला ओढाएर शहीद परिवारलाई अभिनन्दन गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिकाका अध्यक्ष विश्वराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्रका सचिवालय सदस्य तथा दाङ जिल्ला सह–इन्चार्ज निर्मल आचार्यले शहीदहरुको बलिदानबाट गणतन्त्र र नयाँ संविधान आएको बताउनुभयो । शहीदहरुको बलिदानीले मात्रै परिवर्तन सम्भव भएको भन्दै उहाँले अब राज्यले शहीद परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारजस्ता ठाउँमा विशेष सुविधा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा माओवादी केन्द्रका सचिवालय सदस्य तथा दाङ जिल्ला सह—इन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ले शहीदहरुको बलिदानले देशमा निकै ठूलो राजनीतिक परिवर्तन भए पनि परिवर्तनका वास्तविक हकदारहरुले उचित सम्मान नपाएको बताउनुभयो ।

जनयुद्धका क्रममा सहयोद्धाहरुको त्याग र बलिदानले अहिलेको उपलब्धि प्राप्त भएको भन्दै उहाँले शहीदहरुका बाँकी सपना पूरा गर्दै शहीद परिवारहरुको जिविका र सम्मानप्रति पार्टीले गम्भीर भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य निशाना, सहिद परिवारको तर्फवाट प्रकाश चौधरी र रेमन्ता पुनले बोल्नुभएको थियो ।

घोराही उपमहानगर समितिका सचिव रमेश वलीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा नगरभित्रका ८० बढी सहिद, बेपत्ताका परिवारजन र जनयुद्धमा घाइतेहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरका उपाध्यक्ष प्रमोद शर्माले गर्नुभएको थियो ।

यसैगरी शान्तिनगर गाउँपालिकाले पनि सहिद सप्ताहको अवसरमा जनयुद्धका बेपत्ता र सहिद परिवार तथा घाइतेहरुलाई एक कार्यक्रमका साथ सम्मान गरेको छ । शान्तिनगर गाउँपालिकाको दिपस्मृति सहकारी भवनमा एक कार्यक्रम गरी सम्मान गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कुबेर वलीले प्रमुख आतिथ्यमा र शान्तिनगर गाउँपालिका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेबबहादुर रोका, मोहन वली, नरबहादुर वली, खड्कबहादुर सुनार, लक्ष्मण केसीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा १५ जना सहिदका परिवारजनलाई प्रमुख अतिथि कुवेर वली र अध्यक्ष गोपाल भण्डारीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गोबिन्द भण्डारीले गर्नु भएको थियो ।

यसैबीच गढवा गाउँँपालिकामा पनि ने कपा शहीद तथा बे पत्ताका परिवारलाई अभिनन्दन गरिएको छ ।

गढवा गाउँपालिका अध्यक्ष भक्तु चौ धरीको  अध्यक्षता तथा पो लिटव्यूरो  सदस्य लुमाकान्त न्यौ पाने  ‘सागर’को  प्रमुख आतिथ्यतामा शहीद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु यमनारायण पोख्रेल ‘विश्वास’, सर्वजीत घर्ती, वीरेन्द्र चौधरीलगायतले बोल्नुभएको थियो ।
त्यस्तै शहीद परिवारको तर्फबाट खड्कदेवी केसी र डसनी चौधरीले बोल्नुभएको थियो ।

गढवा गाउँपालिका सदस्य तिलक घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन गाउँपालिका उपाध्यक्ष कैलाश चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *