दाङ । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका सामाजिक संघ सस्थाहरुले ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस दाङमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । सरोकारवाला निकायहरुबीच आइतबार घोराहीमा बसेको बैठकले फागुन २४ गते परेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएको हो ।
बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मूल समारोह समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति, घोराही उपमहानगरपालिका, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, सहकारी डिभिजन कार्यालय, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेपाल महिला संघ, सिसा नेपाल, एनजिओ फेडरेसन, विधवा महिला सरोकार केन्द्र, नेपाल महिला सामुदायिक सेवा केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक नेपाल, नेपाल परिवार नियोजन संघ, बागेश्वरी असल शासन क्लब (बास) दाङ शाखा लगायतका संघसस्थाहरु रहेका छन् ।
८ मार्च अर्थात् यही फागुन २४ गते ¥यालीसहित भव्य कार्यक्रम गरेर श्रमिक महिला दिवस मनाउने बैठकले निर्णय गरेको छ । घोराहीको सहिद गेटबाट ¥याली सुरु गर्ने र विभिन्न चोकहरु परिक्रमा गरेर घोराही उपमहानगरपालिकाको सभा हलमा पुगेर कार्यक्रममा परिणत हुने समितिले जनाएको छ ।
कार्यक्रम विहान ७ बजे गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्रममा महिलाहरुको वर्तमान अवस्था विषयक कार्यपत्र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले प्रस्तुत गर्ने र विभिन्न क्षेत्रमा रहेका श्रमिक महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको महिला तथा बालबालिका कार्यालय प्रमुख विश्वमणि जोशीले जानकारी दिनुभयो ।