यूएस बंगलाको विमान दुर्घटना, १४ यात्रुको उद्धार (भिडियोसहित)

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०७४       | 222 Views   ||

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । विमानमा आगो लागेको छ । उद्दार कार्य जारी छ ।
विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

Plane crash @ kathmandu airport

Posted by Pusp Oli on Monday, 12 March 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *