सभामुख महरालाई चीनको बधाई

  
  प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०७४       | 213 Views   ||

सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत हुनुभएकोमा बधाई व्यक्त गर्नुभएको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिनुभयो ।

चिनीया राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज सभामुख महरालाई शिष्टाचार भेट गरी स्थायी समितिका अध्यक्ष झ्याङको शुभकामना पत्र हस्तान्तरण गर्नुभएको हो ।

सो भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने विषयमा छलफलसमेत भएको थियो । दुई देशका आपसी चासो र हितका विषयलाई सौहाद्रपूर्वक अघि बढाउने र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ विस्तार गर्दै लैजाने विषयमा कुराकानी भएको हो ।

सो अवसरमा सभामुख महरा र राजदूत युबीच दुई देशबीचको अन्तर पार्लियामेन्ट्री अनुभवलाई आदान प्रदान गर्दै अगाडि बढ्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयका विचारविमर्श भएको थियो ।

राजदूत युले प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोममा महरालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *