‘पदमुक्त प्रधानन्यायाधीश’ पराजुलीले गराए राष्ट्रपतिलाई शपथ

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४       | 305 Views   ||

न्याय परिषदद्वारा केही समयअघि मात्रै पदमुक्त गरिएका प्रधानन्यायधीस गोपालप्रसाद पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

शपथ ग्रहण समारोहमा प्रधानन्यायधीश पराजुली प्रसन्न मुद्रामा नै देखिएका छन् भने राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पनि हाँसिरहेका देखिन्छन्।

जन्ममिति सम्बन्धी विवादमा तानिएका प्रधानन्यायधीस पराजुलीर्ला आजै न्यायपरिषदले एक पत्र पठाई जन्ममितिका आधारमा उनी पदमा नरहेको जानकारी गराएको थियो।

प्रधानन्यायाधीस पराजुली साउन २१, २०६५ मा नै ६५ बर्ष उमेर पुगेको जानकारी न्याय परिषदले लेखेको पत्रमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *