जनउभारको भूमिकामा हेरफेर, कार्यकारी सम्पादकमा शर्मा

  
  प्रकाशित मितिः आइतवार, चैत्र ११, २०७४       | 381 Views   ||

जनउभार समाचारदाता
घोराही । दाङबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको नौलो जनउभार साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादकमा पाण्डव शर्मा नियुक्त भएकाछन् ।

यसअघि पत्रिकाको सह–सम्पादक रहेका शर्मा कार्यकारी सम्पादकको जिम्मेवारीमा बढुवा भएका हुन् । पत्रिकाको हेरफेरसँगै पत्रिकाका प्रवन्धक जनक नेपालीलाई सह–सम्पादकको पनि जिम्मेवारी दिइएको छ । पत्रिकाका सम्पादक डिल्ली मल्ल सभामुख कृष्णबहादुर महराको सञ्चार विज्ञमा नियुक्त भएपछि पत्रिकाको जिम्मेवारीमा हेरफेर गरिएको हो । पत्रिकाको प्रधान सम्पादक र प्रकाशकको भूमिका पत्रकार अजयदीप शर्माले निर्वाह गर्दैै आएका छन् ।

यसअघि पनि पत्रिकामा क्रियासिल रहँदैं आएका शर्मा र नेपालीलाई थप जिम्मेवारीको कार्यभार सुम्पिदैं पत्रिकाका प्रकाशक/प्रधानसम्पादक अजयदीप शर्माले दुबै सम्पादकलाई बधाई दिदै यसअघि जस्तै थपिएको जिम्मेवारीलाई पनि कुशलता र सक्षमतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

२०५५ सालदेखि जिल्लाबाट प्रकाशित भएको पत्रिका संकटकालको अवस्थामा सेनाले बन्द गरिदिएपछि त्यसमा कार्यरत पत्रकार भूमिगत हुनुपरेको थियो । शान्तिप्रकृया शुरु भए पछि २०६३ मंसिरदेखि पत्रिका निरन्तर रुपले प्रकाशित हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *