सन्निकट पार्टी एकताको सन्देश

  
  प्रकाशित मितिः बुधबार, चैत्र १४, २०७४       | 209 Views   ||

अजयदीप शर्मा
बैशाख ९ को लेनिन जयन्तीको सन्र्दभ पारेर पार्टी एकताको साइत जुराएका २ ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादीले त्यो साइतलाई छोट्याएर यहि चैत्र २३ भित्रै एकतामा जोडी सक्ने जमर्को गरेकाछन् । प्रधानमन्त्रीको भारत भ्रमण अघि सम्भवतः यहि १९ या २०मा पार्टी एकताको घोषणा गर्ने गरी तयारीलाई तिब्र पारिएको देख्न सकिन्छ ।

२ पार्टी एक भएको र त्यसको नेता र स्थायित्व बोकेको सरकारको शतिmशाली प्रधानमन्त्रीको रुपमा भारत भ्रमण निस्कने आंकाक्षा राखेका प्रधानमन्त्रीको चाहनाले एकतालाई अझै नजिक ल्याइपु¥याएको देखिन्छ । यद्यपि यो एकता प्रकृया चाहि ७ महिना अघि देखि चल्दै आइरहेकोे छ । वाम गठवन्धनको सहयात्राबाट शुरु भएको यो एकता प्रकृया विजयपछि सरकार र संसद निमार्णसम्ममा पुगिसकेको छ । अहिले दुबै पार्टीको संसदीय दलको बैठक संयुतm रुपमा बस्ने गर्छ भने सांसदहरुलाई नीति,निर्देशन पनि दुबै दलका शिर्ष नेताहरुले संयुतm रुपमा नै दिदैं आइरहेकाछन् । त्यस्तै सरकार पनि एक पार्टीको अवधारणाबाटै संन्चालन हुँदै आइरहेको छ ।

दुबै पार्टीका नेताहरु प्रधानमन्त्रीको भारत भ्रमण अघिनै पार्टी एकता गरिहाल्ने निष्कर्षमा किन पुगे ? अहिले यो विषयले चर्चा बटुलेपनि भिन्ना भिन्नै प्रवृति र पृष्ठभूमि बोकेका यी २ पार्टी बीच कसरी एकता होला र मिलेपनि तल कार्यकर्ता र नेताहरु कसरी मिल्लान र ! भन्ने आशाले विपक्षीहरु तर्क र विर्तक गरिराखेकाछन् ।

तर चुनाव सम्पन्न पछि जनताको मनमा एकगदैं अर्को खुसी र उत्साह भदैं आएका प्रधानमन्त्री केपी वली र माओवादी अध्यक्ष प्रचण्डले जनतामा उत्साह सहित र एकताको सन्देश विश्वभर एकैपटक संन्चार गर्न यो एकतामा ढिलाई नगर्ने निष्कर्षमा पुगेका हुन सक्छन् ।

चुनावपछि संघीय संविधान कार्यान्वयनमा आएको छ र राज्यको ३ वटै तहमा स्थायी सरकार निर्माण भइसकेको अवस्था छ र अब हाम्रो समृद्धिको यात्रा अघि बढेको छ । त्यसलाई नेतृत्व प्रदान गर्ने बलियो पार्टी हामीले निर्माण ग¥यौं, अब विश्व समुदायले नेपालको विकास र समृद्धिमा हामीलाई साथ दिनुप¥यो भन्ने भाव दिन पनि २ प्रमुख नेता यो एकतालाई एक हप्तामा टुङ्गोमा पु¥याउने निष्कर्षमा पुगेका हुन सक्छन भन्ने अर्को अनुमान लगाउन सकिन्छ ।

आजभोलि यी २ नेता बीच केमेष्ट्री मिल्दै जानुले पनि पार्टी एकता सरल र सहज बन्दै गएको छ । चुनावदेखि सरकार निर्माणसम्म आइपुग्दा २ पार्टीका नेता र कार्यकर्ता बीचमा कुनै विवाद र वैमन्सयता नदेखिनु बरु भावनात्मक एकता बलियो हुँदै जानुले पनि यो एकतालाई छिट्टो टुङ्गोमा पु¥याउन नेतालाई सहज बन्न गएको देखिन्छ ।

पार्टी एकता सम्बन्धि संयुतm राजनीतिक प्रतिवेदन कार्यदलले त्यसको मस्यौंदा बुझाउने अन्तिम तयारीमा छ । महाधिवेशन अघि पार्टी संन्चालन सम्बन्धि आन्तरिम कार्यविधि वा विधान मस्यौदा समेत तयारी भइसकेको अवस्थामा अब पार्टी एकता समायोजन समितिले अन्तिम निर्णय लिएर पार्टी एकता घोषणा गर्ने कुरामा कुनै ढिलाई गर्नुपर्ने कारण देखिदैन् ।

दुबै पार्टीका प्रमुख नेताहरु अध्यक्ष र सह–अध्यक्ष भएर संयुत रुपमा पार्टी संन्चालन गर्ने, पार्टीको नाम नेपाल कम्युनिष्ट राख्ने,माक्र्सवाद र लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्दै, माओवाद र बहुदलिय जनवादको कुरालाई आगामी महाधिवेशनबाट टुङ्गो लगाउने भन्ने कुराको सहमति यसअघि भइसकेको छ । अब पार्टी संगठन र जनवर्गीय संगठनको संगठनात्मक ढाँचा निर्माण नीतिगत रुपले सम्पन्न भइसकेको र त्यसको नाम र संख्या प्राविधिक रुपको काम मात्र टुङ्ग्याउन बाँकी रहेको नेताहरुले बताइरहेकाछन् ।

चैत्र १५ भित्र अन्तरिम विधान र राजनीतिक प्रतिवेदन एकता समायोजन समितिमा बुझाउने गरी तिव्रतम गतिमा काम अघि बढाउन दुबै पार्टीका शिर्ष नेताहरुले कार्यदललाई निर्देशन दिइसकेकाछन् । भने एकताको आन्तरिक थाल्न दुबै पार्टीका नेताहरुले आ–आफना संगठनहरुलाई निर्देशन जारी गरिसकेको देखिन्छ । अहिले आन्तरिक तयारीमा जुटेका दुबै पार्टीहरु चैत्र १५ या १६ मा एकता घोषणा गर्ने ठोस निष्कर्षको विन्दुमा पुग्ने बताइन्छ ।

देशको भाग्य र भविष्यसँग जोडिएको २ पार्टीको सन्निकट एकता खाली नेता, कार्यकर्ताको मात्र चासोको विषय छैन, यसको अन्र्तयमा देशको विकास,समृद्धि र सुन्दर नेपाल बनाउने सपनासँग जोडिएको छ । २ कम्युनिष्ट नेताहरुको बुद्धिमत्तापूर्ण कदम र विकास र समृद्धि मार्फत समाजवादमा पुग्ने सोच, चिन्तन अनुरुप देश अघि बढ्न सके जनताका लागि त्यो नै सर्वाधिक खुसीको कुरा हुनेछ । आजसम्म सरकार, राष्ट्रपतिदेखि, सभामुख हुँदै राष्ट्रिय सभा अध्यक्ष चयन गर्ने कामको व्यस्ततामा वितेको समय अब उच्च निष्कर्षको रुपमा पार्टी एकतालाई जोडेर समृद्धिको अभियानलाई अघि बढाउने काममा कत्ति ढिलाई गरिनु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *