आगामी आवमै वैज्ञानिक भू–उपयोग नीति

  
  प्रकाशित मितिः बुधबार, चैत्र १४, २०७४       | 157 Views   ||

पाण्डव शर्मा

दाङ । घोराही उप–उपमहानगरपालिकाले कृषि योग्य जमिन संरक्षण गर्न नयाँ कार्य योजना अघि सारेको छ ।

उक्त कार्य योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गरिने उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए । मेयर चौधरीका अनुसार केन्द्र र प्रदेश सरकारसँग उचित समन्वय गरेर उप–महानगरले वैज्ञानिक भू–उपयोग नीति लागु गर्ने छ । भू–उपयोग नीतिको आधारमा जग्गाको वर्गीकरण गरि ने छ ।

कृषि,आवास, उद्योग, शहरी, वन, उद्योग र खुल्ला क्षेत्र गरेर जग्गाको वर्गीकरण गरिने छ ।
वर्गीकरण गरिएका स्थानमा त्यहि अनुसारको पूर्वाधार निर्माण गरिने चौधरीले जानकारी दिए । ‘अहिले जथाभावी जग्गाको खण्डिकरण हुँदा खेतियोग्य जमिनको नाश भइरहेको छ,’ उनले भने, ‘योजनाविहिन शहरीकरणले भविष्यमा ठूलो संकट निम्त्याउने छ ।’

योजना विहिन शहरीकरणले उप–महानगरलाई विकासका योजना अघि बढाउन समस्या समेत परेको चौधरीले बताए ।
उप–महानगरको उत्तरी तथा दक्षिणी भागमा राम्रो खेती योग्य जमिन भएपनि त्यसको उचित संरक्षण हुन नसकेको चौधरीले बताए ।

अहिले ११ हातका घडेरीमा घर बनाउँदा प्राकृतिक विपत्तको जोखिम बढेको नगरपालिकाको बुझाई छ । ‘भूकम्प गयो भने पनि उद्धार गर्न गाह्रो हुने अवस्था छ,’ चौधरीले भने, ‘अब कम्तिमा १८÷२० हात भन्दा साना घडेरीमा घर बनाउन रोकिन्छ ।’ उप–महानगरले १८ हात भन्दा साना घडेरी बनाउने गरी कित्ताकाट गर्न नदिने योजना बनाएको छ ।

त्यसो त कृषि उत्पादन बढाउनका लागि उप–महानगरले यस अघि देखि नै ड्याम निर्माणको काम गरिरहेको छ । चाल् आर्थिक वर्षमा मात्रै उप–महानगरका विभिन्न पाँच स्थानमा पानी सिन्चित गर्ने ड्याम निर्माणको काम भइरहेको छ । ‘कृषि योग्य जमिनको संरक्षण गर्दै सिचाई सुविधा पु¥याएर

उत्पादन बढाउने हाम्रो योजना हो,’ मेयर चौधरीले भने, ‘वन क्षेत्रको पनि उचित संरक्षण गरिने छ ।’भूकम्प लगायतका प्राकृतिक विपद्को जोखिम न्यूनिकरणका लागि उप–महानगरले खुला क्षेत्रको अवधारणा समेत अघि सारेको छ । जस अनुसार अब विस्तार हुने वस्तीहरुमा खुल्ला क्षेत्र अनिवार्य रुपमा राख्नुपर्ने छ ।

शहरीकरणका लागि निर्धारण गरिएको क्षेत्रमा जग्गा प्लटिङ गर्दा अनिवार्य रुपमा खुला क्षेत्र छाड्नुपर्ने छ । सम्भावित वस्ती विकासको आधारमा खुल्ला क्षेत्रको क्षेत्रफल निर्धारण गरिने छ । शहरलाई सुन्दर र स्वच्छ बनाउने लक्ष्य लिएर यस अघि देखिनै ‘हरित नगर’ अभियान शुरु भइसकेको छ । यो अभियान अन्तर्गत ‘एक घर दुई विरुवा’को अवधारणा ल्याइएको छ । तर, अहिले पनि अधिकांश ठाउँमा ‘एक घर दुई विरुवा’ को अवधारणा व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *