जातीय विभेद, कानुनमा हट्यो व्यवहारमा उस्तै

  
  प्रकाशित मितिः बुधबार, चैत्र १४, २०७४       | 206 Views   ||

जनक नेपाली दाङ । तुलसीपुर उपमहानगरपालिका १ का गोविन्द सापकोटाले स्थानीय सुनार थरकी युवतीसँग अन्तरजातीय विवाह गर्नुभयो । लामो प्रेम सम्बन्ध राखेर विवाह गरेको यो दम्पति अन्तरजातीय विवाह गरेकै कारण घरबाट निकलिनु पर्ने अवस्था आयोे । सापकोटाले पानी नचल्ने जातकी छोरी विवाह गरेको भन्दै छोरा र बुहारीसँग चुलो नै बार्नेे अवस्था आयो । ०३३ सालमा विवाह गर्नु भएका गोविन्दले गाउँघरमा आफन्त मर्दा पर्दा समेत सुखदुःख साट्ने अवस्था पाउनु भएन ।

गोविन्द सापकोटाको मात्र होइन तुलसीपुर– १ भमकेका संजीव नेपाली र नेपालगन्जकी यशोदा गुरुङको समस्या पनि उस्तै छ । दुबैको प्रेम सम्बन्धका कारण चार महिना पहिला विवाह गरेको यो दम्पतिलाई केटी पक्षका आफन्तले निकै दुःख दिएको संजीवले वताउनु भयो । ‘हाम्रो सम्बन्धलाई छुट्टाउन माइती पक्ष बाट निरन्तर दवाब आइरहेको छ, हामी निकै समस्यामा छौ के गर्ने ?,’ संजीवले भन्नुभयो ।

पानी नचल्ने यस्तो मान्छेसँग किन विवाह गरेको भन्दै पटक–पटक फोनमा छारीलाई माइती पक्षको दबाब र धम्की आइरहेको संजीव बताउनु हुन्छ । उनीहरु विवाह गरेको दिनदेखि घरमा बसेका छैनन् । अन्तर जातीय विवाह गरेका कारण माइती पक्षको डरले कति समय घरबाट भागेर अनेत्र बस्नुपर्ने हो कुनै ठेगान छैन, यशोदाले भन्नुभयो । अन्तरिम संविधान २०६३ ले नेपाललाई छुवाछुत राष्ट्र घोषणा गरेपनि व्यावहारिक रुपमा छुवाछुत अझै कायम रहेको छ ।

संविधानले जातिय विभेद गर्ने माथि ३ बर्षसम्मको कैद वा ५०० देखि २५००० सम्म जरीमाना वा दुवै सजाय हुने कानुनी व्यवस्था गरेको छ । कानुनमा जातिय भेद्भाव तथा छुवाछुतको घटनामा सघाउँ पु¥याउने मतियार मुख्य कसुरदार रहने गरी सजाय हुने र सार्वजनिक पदधारणा गरेको व्यक्तिले अपराध वा कसुर गरेमा ऐनले तोकिएको सजायमा ५० प्रतिशत थप गरी सजाय हुने व्यवस्था गरिएको छ ।

समाजले अहिले पनि अन्तरजातीय विवाहलाई स्वीकार गर्न नसकेको र जातीय भेद्भाव अझै व्याप्त रहेको दलित अगुवा देवराज विक वताउनु हुन्छ । गाउँमा अहिले पनि उपल्लो जातकाले जातका आधारमा दलित माथी भेद्भाव कायम राखेको बताउदंै संविधानबाट हटे्को जातीय भेद्भाव व्यवहारिक कार्यान्वयमा पुग्दासम्म पनि अँझै उस्त रहिरहेको विकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *