पर्यटनको केन्द्र धारपानी

  
  प्रकाशित मितिः बुधबार, चैत्र १४, २०७४       | 207 Views   ||

सन्तोष अधिकारी

दाङ । पाण्डवेश्वर महादेव मन्दिर धारापानीलाई १० वर्ष भित्रमा देशकै पर्यटनको गन्तव्य बनाउने गरि काम शुरु गरिएको छ । मन्दिरले बनाएको गुरुयोजना र त्यसको कार्यान्वयनका लागि जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

विश्वकै अग्लो त्रिशुलका कारण चर्चामा रहेको धारापानीलाई अबको १० वर्षभित्र मुलुककै प्रमुख पर्यटनको गन्तव्य बनाइने गरि काम शुरु गरिएकोमा त्यसलाई सफल बनाउन जिल्लाका पत्रकारहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तरक्रिया कार्यक्रममा १० वर्षभित्र धारापानीलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजना सहित काम भइरहेको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

७० करोडको बिस्तृत गुरुयोजना निर्माण गरेर मन्दिको विकासमा लागिपरेको आचार्यले बताए । सरकारी निकायबाट २० करोड र दाताबाट ५० करोड रुपैयाँ संकलन गरेर पूर्वाधार निर्माण गरिने आचार्यको भनाई छ । मन्दिर परिसरमा हालै एक सय आठ शिवलिङ्ग, एक सय आठ गौमुखे ढुंगेधारा, एक हजार आठ जोडा वरपिपल र ओमकुण्ड, शंख निर्माण गरिसकेकाले प्रत्यक महिना नयाँ  संरचना निर्माण गर्दै जाने आचार्यले बताए ।

अहिलेसम्म मन्दिर परिसरमा बनेका संरचनाहरु अधिकांश दाताहरु आफैले निर्माण गरी मन्दिरलाई हस्तान्तरण गरेको समितिले जनाएको छ । ‘मुख्य मन्दिर देखि दुई हजार छ सय मिटरको उचाइ चुरे पहाडमा रहेको भग्नावशेष मन्दिरलाई जीर्णोद्वार गर्नुका साथै उक्त मन्दिर परिसरमा ३१ क्विन्टलको घण्ट राख्ने, मन्दिरमा पुग्न चार हजार नौ सय ६३ खुटकिलाको भ¥याङ बनाउने योजना बनाएका छौं,’ आचार्यले भने । गुरुयोजना अनुसारका यी काम गर्नका लागि दाताहरुको सहयोग आवश्यक रहने छ ।

५० करोड लागत खर्चको अनुमान गरेका यी पूर्वाधार निर्माणका लागि सबै दाताहरुलाई सहयोग गर्न र यसको प्रचार प्रसारका लागि सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका हुने सरोकारवालाहरुको भनाई छ ।

मन्दिरको गुरुयोजना अनुसार दक्षिणतर्फको चुरे पहाडसम्म पुग्ने सिढीं निर्माणका लागि दाताहरुसँग आग्रह गरिएकोमा अहिलेसम्म करीव दुई सय सीढींको लागि दाताहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । चार हजार नौं
सय ६३ सिढीं बनाउने

लक्ष्य लिएको मन्दिर व्यवस्थापन समितिले दान गर्न ईच्छुक भक्तजनहरु सँग आग्रह समेत गरेको छ । उक्त सिढीं निर्माणको साथै दाङ उपत्यकालाई दृष्यावलोकन गर्ने गरी
भ्यु टावर निर्माण गर्ने समितिले जनाएको छ । उक्त टावर निर्माण पछि दाङ जिल्लाका साथै भारतको तुलसीपुर बजार समेत स्पस्ट देख्न सकिने छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले ओझेलमा परेको मन्दिरमा प्रचारप्रसारले अहिले जिल्लाभित्र तथा बाहिरका आन्तरिक तथा बाह्य पर्यटकहरु आउने वातावरण बनेकोमा खुशी व्यक्त गरे । ‘धारापानी अहिले चर्चाको शिखरमा छ, समितिको लगनशिलताका कारण र सञ्चार क्षेत्रको प्रचारप्रसारका कारण नेपालमै ख्याति प्राप्त गर्न सफल भएको छ,’ प्रियासनले भने ।

उनले अझँै पनि पत्रकाहरुको तर्फबाट धारापनीको उन्नति तथा प्रगतिको लागि कलम चलाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
अहिले जिल्ला भित्रबाटै पिकनिकका लागि धेरैै पर्यटकआउने गरेको मन्दिर व्यवस्थापन समितिका सदस्य बसन्त अधिकारी जानकारी दिए । तर, बाहिरी जिल्लाबाट आउने पर्यटक भने विश्वको अग्लो त्रिशुल छ, भन्दै हेर्न आउने गरेको अधिकारीको भनाई छ । अहिले आएका पर्यटकहरु दुई ÷ चार महिना पछि आउँदा धेरै नै परिर्वतन भएको प्रतिक्रिया दिने गरेको अधिकारी वताउछन् ।

२०६४ साल सम्मका व्यवस्थापन समितिहरुले मन्दिरको संरक्षण मात्रै गरे । मन्दिरमा वर्षको एकपटक महाशिवरात्रिका दिन लाग्ने मेला र त्यस दिन भक्तजनहरुले चढाएको भेटीले मन्दिरको नित्य पुजा खर्चदेखि सानातिना

संरचना बनाउने काममात्र भएका थिए । त्यसपछि बनेको गणेश अधिकारी नेतृत्वको समितिले मन्दिरलाई विश्वमै चिनाउने काम गरेको स्थानियवासीहरु बताउँछन् । मन्दिरको विकासका लागि राज्यले थप लगानी गर्नुपर्ने उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *