दाङमा जनसरकार गठनको तयारी गर्दै नेकपा

  
  प्रकाशित मितिः मङ्लबार, चैत्र २०, २०७४       | 328 Views   ||

नौलो जनउभार
दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङमा जनसरकार गठनको तयारी गरेको छ । चैत महिनाभित्र नेकपाले जनसरकार गठन गर्ने तयारी गरेको हो ।

नेकपाले नेता गणेश चौधरीलाई जनसरकार प्रमुख बनाउने तयारी गरेको स्रोतले जनाएको छ । नेकपाले यसअघि देखिनै दाङमा जनअदालतको अभ्यास गर्दै आएको छ ।

नेकपाका दाङ जिल्ला इञ्चार्ज सविन पोखरेलले जनताका समस्या समाधानका लागि जनसरकार गठन गर्न लागिएको जानकारी दिए । ‘अहिलेको बुजु्रवा राज्यसत्ताबाट जनताको मुक्ति हुँदैन, अब जनता आफै सरकार सञ्चालन गर्न चाहन्छन्,’ उनले भने, ‘जनसत्ताले अहिलेको सत्ताकै समानान्तर हैसियत पाउने छ ।’ सविनले जनसरकार प्रमुख बारे भने बोल्न चाहेनन् ।

केन्द्रीय नीति अनुरुप नै दाङमा जनसत्ता निर्माण गर्न थालिएको सविनले जानकारी दिए । शुरुमा जिल्ला सरकार गठन गर्ने र त्यसपछि स्थानीय तहमा सरकार गठन गर्ने नेकपाको तयारी रहेको छ । नेकपाले देशभरी नै अहिलेका जनप्रतिनिधिहरुलाई राजीनामा दिन चेतावनी दिइरहेको छ ।

‘हामीले दश वर्षे जनयुद्ध मार्फत मुलुकमा आमूल परिवर्तनको अपेक्षा गरेका थियौं, तर केही साथीहरु दक्षिणपन्थी भासमा गईसकेका छन्,’ सविनले भने, ‘हामी क्रान्तिलाई निरन्तर अघि बढाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *