दाङमा औद्योगिक क्षेत्र, आगामी आव देखि पूर्वाधारको काम

  
  प्रकाशित मितिः बुधबार, चैत्र २१, २०७४       | 215 Views   ||

पाण्डव शर्मा

घोराही । दाङको धर्नामा प्रस्ताव गरिएको औद्यागिक क्षेत्रको पूर्वाधार निर्माणको काम आगामी आर्थिक वर्षभित्र शुरु हुने भएको छ ।

औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षभित्रै सम्भाव्यता अध्ययनको काम सकिने दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए । उनका अनुसार एक निजी कम्पनीले अहिले स्थलगत सम्भाव्यता अध्ययन सहित लागत अध्ययन गरिरहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्भाव्यता अध्ययनका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । घोराही–उपमहानगरपालिकाको ३र ५ नम्वर वडामा पर्ने सरकारी जग्गामा औद्योगिक क्षेत्र बनाउन थालिएको छ ।

सो क्षेत्रमारहेको पाण्डवेश्वर सामुदायिक वनर सर्यु सामुदायिक वनको जग्गामा औद्योगिक क्षेत्र बनाउन थालिएको कार्कीले जानकारी दिए । ‘सामुदायिक वनको जग्गा भएपनि ती क्षेत्रमा  खासै रुखहरु छैनन्,’  उनले भने, ‘यहाँ करिव नौं सय विगाह सामुदायिक वनको स्वामित्वमारहेको जग्गा छ ।’

सम्भाव्यता अध्ययन गरिरहेको टोलीले त्यसक्षेत्रमा पर्ने व्यक्तिहरुको जग्गा समेत अध्ययन गरिरहेको छ ।
‘केही व्यक्तिगत जग्गामा मुआव्जा दिएर खरिद गर्नुपर्ने देखिन्छ,’ कार्कीले भने,  ‘केही घरलाई क्षतिपूर्ति सहित स्थानान्तर गर्नुपर्ने छ ।’ अधिकाशं क्षेत्र सामुदायिक वनको स्वामित्वमारहेको  जग्गा भएकाले व्यक्तिगत मुआव्जामा खासै खर्च  नहुने उवासंघले जनाएको छ ।

दाङमा लामो समयदेखि औद्योगिक क्षेत्रका लागि चर्चा गरिए पनि कामले पूर्णता पाउन सकेको छैन । यसअघि घोराहीको करौंती डाँडाँस्थित ल्याण्फिल साइडको जग्गामा ओद्योगिक क्षेत्रका लागि  प्रस्ताव गरिएपनि जग्गा अपुग भएपछि साविकको धर्ना गाविसमा प्रस्ताव गरिएको थियो । ‘जथाभावी उद्योगधन्दा स्थापना हुँदा कृषि  योग्य जमिनको नाश भइरहेको  छ,’ कार्कीले भने, ‘यहि  कारणले वातावरण प्रदूषण
भइरहेको छ ।’

औद्योगिक क्षेत्र स्थापना भइसकेपछि सडक लगायतका भौतिक पुर्वाधारमाराज्यले  लगानी गर्ने छ । २४ घण्टा विद्युत् आपूर्ति भइरहने भएकाले उद्योगहरुको उत्पादकत्व  समेत बढ्ने व्यवसायीहरु बताउँछन् । लोड्सेडिङ, लो भोल्टेजर उद्योगको निर्माण लागत बढ्दा व्यवसायीहरु मर्कामा परिरहेका छन् । पछिल्लो समय दाङमा जग्गाको मूल्य निकै आकासिय पछि उद्योगीहरुलाई उद्योग स्थापना भन्दा आवश्यक पर्ने जग्गा खरिदका लागि धेरै लागत बढ्ने गरेको छ ।

औद्योगिक क्षेत्र स्थापना पछि उद्योगीहरुले त्यसक्षेत्रमा बार्षिक निश्चित शुल्क तिरेर उद्योग सञ्चालन गर्न पाउने छन् । उद्योग स्थापनामा कम लागत भएपछि बस्तुको मुल्य समेत कम हुने भएकाले यसबाट आम नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने कार्की बताउँछन् । ‘औद्योगिक क्षेत्रको सम्पूर्ण सुरक्षाको जिम्माराज्यले लिन्छ,’ कार्कीले भने, ‘विभिन्न ठाउँमा छरिएररहेका साना  तथा मझौला उद्योगहरुलाई औद्योगिक क्षेत्रमा केन्द्रित गर्ने हाम्रो योजनारहेको छ ।’

सरकारले खासै ध्यान नदिएपछि उद्योग वाणिज्य संघले औद्योगिक क्षेत्र स्थापनाका लागि आफै ध्यान केन्द्रित गरेको कार्कीको भनाई छ । अहिले पनि सरकारी ढिला सुस्तीका कारण औद्योगिक क्षेत्र स्थापनाको काम अपेक्षाकृतरुपमा अघि बढ्न नसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *