कमाउने थलो बने मेला, महोत्सवहरु

  
  प्रकाशित मितिः बुधबार, चैत्र २१, २०७४       | 150 Views   ||

जनक नेपाली
दाङ । जिल्लामा आयोजना गरिने मेला, महोत्सव पछिल्लो समय पैसा कमाउने व्यापारिक थलोमा परिणत हुँदैं गएकाछन् । विभिन्न बहानामा संन्चालन गरिने मेला,महोत्सवहरु सिमित व्यक्तिको आयआर्जनका लागि हुने गरेको सर्वसाधारणहरुले बताउन थालेकाछन् ।

श्रीमद्भागवत ज्ञान महायज्ञ, व्यापारिक तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि प्रदर्शनी मेला लगायत विभिन्न वहाना बनाएर संन्चालन गरिने साँस्कृतिक कार्यक्रमबाट लाखौं रकम संकलन हुने भएपनि सो रकमको लेखाजोखा खासै हुने गरेको देखिदैन् न त उठेको सो रकम सामाजीक क्षेत्रमा लगानीनै गरेको देखिन्छ ।

बिना उदेश्य संचालन गरिने यस्ता मेला,महोत्सवले राज्यलाई बर्षेनी लाखौं रुपैयाँ राजश्वमा घाटा लाग्ने गरेको आन्तरिक राजश्व कार्यालय तुल्सीपुरका प्रमुख बाबुराम गौतमले बताउनु हुन्छ । मेला,महोत्सव सामाजिक हितमा भन्दा बढि संघ,संस्था र व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको देखिन्छ राजश्व कार्यालयका प्रमुख गौतमले भन्नुभयो ।

मेला,महोत्सव संन्चालन गरे वाफत आयोजकले राज्यलाई कर तिर्नु पर्छ भन्ने थाहा पाउँदा, पाउँदै पनि लापरवाही गरिराखेको कार्यालय प्रमुख गौतमले वताउनु भयो ।
मेला,महोत्सवबाट वचत भएको कूल रकमको २५ प्रतिशत राज्यलाई कर तिर्नुेपर्ने कानुनी प्रावधान भएपनि आयोजकले त्यसको ब्यवास्ता गर्दै आएको गौतमले बताउनु भयो । व्यापारिक तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि प्रदर्शनी मेला संन्चालनका लागि अस्थायी करमा दर्ता गरेर संन्चालन गर्नुपर्छ तर अधिकासं आयोजकले दर्ता गरेको पाइएको छैन, गौतमले भन्नुभयो । कर छल्न कतिपय अवस्थामा जानकारी समेत नदिई मेला महोत्सव संचालन गर्दंै आएको बताउँदै उनीहरुलाई करको दायरामा ल्याउन कार्यालय निरन्तर लागेको गौतमले वताउनु भयो ।
यस आर्थिक बर्षमा जिल्ला भर २० ÷२५ वटा मेला महोत्सव संचालन भएपनि मस्किलले एक दुई वटा मात्र संघ संस्थाले मात्र अस्थायी करमा दर्ता भएर महोत्सव संचालन गरेको गौतमको  भनाई छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले लामो समय सम्म मेला महोत्सव आयव्यय सार्वजनिक नगर्ने संघ,सस्ंथालाई कारवाही गर्ने बताउँनुभयो । कतिपय संघ,संस्था मेला संचालनको अनुमति लगेर पर्केर नआउँने समस्या रहेको बताउँदै त्यस्ता संघ संस्थालाई कानुनी दायरामा ल्याई छाड्ने प्रजिअ श्रेष्ठले बताउँनुभयो । करको दायरामा ल्याउँने काम राजश्व कार्यालयको  हो भने, हाम्रो काम आयव्यय सार्बजनिक गराउँने काम  हो त्यसमा हामी निरन्तर लागेका छौ, उहाँले थप्नुभयो ।

मेला महोत्सबको आयव्यय सार्वजनिक नगरेको देखियो त्यस कार्यको अत्य  गर्नका कार्यालय नै लागेको छ  उहाँले भन्नुभयो । जिल्लामा संचालित मेला महोत्सबको आयव्यय जिल्ला प्रशासन कार्यालयमा पेस गर्न १५  दिनको म्याद दिएको भन्दै तोकिएको म्यादमा सम्र्पकमा नआए कानुन बमोजिम कारर्वाही गर्ने बताउँनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *