जीवनको अन्तिम सहारा वृद्धाश्रम !

  
  प्रकाशित मितिः बुधबार, चैत्र २१, २०७४       | 299 Views   ||

अजयदीप शर्मा/

लाउँदा र खाँदाको उमेर आफना सन्ततिको भविष्यका लागि भनेर खर्चियो तर बुढेसकालमा साहारा चाहिने बेला त्यहि घरगृहस्थीर सन्तति आफ्ना लागि विरानो बनिदिन्छन् ।

भोग्नुपर्नेर गर्नुपर्ने काम सबै गरियो तर जीवनका अन्तिम क्षणहरुमा मुख बोल्ने मान्छेसम्म पाइदैन् ।
बाजुरा घर भएकी ८४ बर्षिया बृद्धआमा मंगला जैसी अहिले दाङको बृद्धाश्रममा हुनुहुन्छ । उहाँका छोरा अमेरिकार बुहारी काठमाण्डौं जागिरे हुनुहुन्छ ।

४ बर्ष अघि बुहारीले आफ्नी दिदीको सहयोगमा सासुलाई यहाँको बृद्धाश्रममा ल्याएर छोडिदिएको रे ! एकपटक छोरा आयो भेट्न तर जाँदाराम्रोसँग बसे आमा समेत नभनेर गयो बृद्धा मंगलाले दुःख पोख्दै भन्नुभयो त्यसरी कष्ट गरेर जोडे्को घरगृहस्थी कता गयो, आफनै सन्तान कहाँ गयो आफू यहाँ आश्रममा काल कुरेर बस्नुपरेको छ । मंगला जैसी मात्र होइन धेरै बृद्ध,बृद्धाहरु घर भएरपनि वेघरबारको कहाली जीवन बाँच्नुपरेको छ । सन्तान भएरपनि जीवनको यो उत्र्तराद्धमा वेसहाराको एक्लो निरस जीवन भोग्नुपरिरहेको छ ।

अहिले घोराहीको तेरौटेस्थित बृद्धाश्रममा १० महिलार ८ पुरुष गरी १८ बृद्ध,बृद्धा बस्ने गर्छन् । ती मध्ये अधिकांश घरमा श्रीमान वा श्रीमति बितेकोर  छोराछोरी नभएको सहाराविहिन भएर बृद्धाश्रममा आइपुगेकाछन भने केही छोराछोरीले सम्पति सबै लिएर घरबाट निकालि अलपत्र पारिदिएपछि साहरा खोज्दै बृद्धाश्रममा आएकाहरुछन् ।
घोराही ११ ढुडेटाँडीका ८३ बर्षिय दुर्गाप्रसाद पाण्डे बृद्धाश्रम घरको एउटा कोठामा उदासभावमा बसिरहेका भेट्टिन्छन् । हिउँ जस्तै सेतै फूलेकार खहरे भेलले चिरा पारेको भित्ता जस्तै गहिरा मुजाले खुम्चिएको अनुहारर केही हराएको जस्तो केही खोजे जस्तो गरी परपर  पुगिराख्ने उनका आँखारातमा पनि व्यँुझिरहेका जस्ता देखिन्छन् ।

भएका १ छोरा र १ छोरी पनि वितेर गए, एकअर्काको सहारा श्रीमति पनि कता वेपत्ता भएपछि उनी  वैराग्य भएर श्रृद्धाश्रमको संरक्षणमा आइपुगेकारहेछन् । जीवनमा धेरै काम,व्यवहारको अनुभव बटुलेका पाण्डे आजभोलि भने त्यहि विगतको सम्झना पल्टाउँदै रात,दिन कहाँ पुगिरहन्छन, जसले गर्दा उनी म अहिले यहाँ छु भन्ने कुरा नै भुलिदिन्छन् । त्यहि कुरा छ कमिरे चौरकि ७५ बर्षिय पार्वती नेपालीको पनि । घरमा श्रीमानर आफन्त कोही नभएपछि छिमेकीको सहायताबाटबृद्धाश्रम आइपुगेकी नेपालीकोरात पहिले,पहिलेका कुरा सम्झेरर मनमा अनेक कुृरा खेलाएर बित्छनरे ! ‘मनमा कुरा खेलायो,आफनो जीवनलाई सम्झियोरोयो फेरि आफै सन्तियो, साहैं गा¥होपिरो हुँदोरहेछ बाबु यो बुढेसकालको जिन्दगी बिताउनु’ ।
तुल्सीपुर बरुवागाउँका ८० बर्षे पशुपति चौधरी वृद्धाश्रममा बस्न थालेको धेरै भइसकेको छ तर उनी घर छाडेर आश्रममा किन आउँनु परेको त्यो कुरा उनी भन्न सक्दैनन् । उनीसँगै आश्रमको कोठामा बस्ने चैतु चौधरीले भने आफनो भनेपनि आश्रम भनेपनि सबै यहि भएको बताएर आफनो बिगत कोट्याउन चाहेनन् । बृद्धआश्रममा बस्नेहरु न आनन्दित देखिन्छन न अघिपछिको जीवन प्रति चिन्तार सन्ताप नै ।

बस उनीहरुलाई बाँकी बँचेका दिनहरु धकेल्नु छ, बगरको छेउमा बसेर धकेलिरहेकाछन् । न उनीहरुलाई आफना छोराछोरी प्रति गुनासो छ न सम्पत्तिको कुनै मोह । उनीहरुका आँखाको भाव बोल्छ जीवनमा जे गरियो राम्रोका लागि गरियो,अहिले छोराछोरीले जस्तो गरिएनर मर्ने वेलामा कुनै पश्चाताप गर्नु छैन ।

वेसाहरा बृद्ध,बृद्धालाई सेवा पु¥याउने उदेश्यले संन्चालन भइरहेको बृद्धाआश्रममा वृद्ध बुवा,आमाहरुको सेवा गर्न पाउँदा सन्तोषर आनन्दको लाग्ने बताउनु हुनछ बृद्धाश्रम संन्चालन समिति सदस्य रुपा वली । बृद्धाश्रमलागि कोही भएको दान दक्षिणा दिन आउँनु हुन्छ भने कोही आफनै बाबुआमा छाड्न रुपा भन्नुहुन्छ–‘आजको आधुनिक सुखर सम्पन्नताको भोगले गर्दा संसार देखाइदिने आफनै बाबा,आमा छोराछोरीका लागि बोझ लाग्न थालेकाछन’् ।

घरमा सम्पति छ तर बाबुआमाको भावना बुभ्ःनेर उनीहरुको स्यारसुसार गर्ने फूर्सद छोराछोरीलाई छैन । आजभोलि बृद्ध आमा,बुबाहरु आफनै छोराछोरीहरुबाट अलपत्र पार्नेर बेबारिसे तरिकाले छोडिदिने क्रम बढ्न थालेको छ । यस्तो घृणित कार्यलाईरोक्न समाजको नै त्परता आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *