पढाईमा उत्कृष्ट बने असहाय वालवालिका

  
  प्रकाशित मितिः बुधबार, चैत्र २१, २०७४       | 179 Views   ||

दिपक बोहरा
तुलसीपुर २१ चैत । कुनै समय सडकमा भौतारिएर हिड्ने गरेका बालबालिकाहरु अहिले पढाईमा अब्बल बनेका छन् ।
सहारा बिहिन बनेर सडकमा हिडिरहेका बालबालिकाहरु अहिले स्कुलकै टप पाँचमा पर्न सफल भएका छन् । तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल बिकास नेपालले पालनपोषण तथा शिक्षादिक्षा दिइरहेका १३ जना बालवालिकाहरुले पढाईमा उत्कृष्ट अंक ल्याउन सफल भएका हुन् ।
तुलसीपुरको हलवारमा रहेको पब्लिक ज्ञानज्योतीमा अध्ययन गरिरहेका ती बालबालिका मध्य एक जना बिद्यार्थी स्कुल दोस्रो हुन सफल भएका छन् । रुकुम आठबिसकोट घर भएका प्रकास बि.क. स्कुलकै दोस्रो हुन सफल भएका हुन् ।
सोमबार प्रकाशित स्कुलको परिक्षाफलमा उनले ९८.५७ प्रतिशत ल्याएर स्कुलकै दोस्रो बन्न सफल भएका हुन् । कक्षा नर्सरीबाट ६ सय ९० अंक ल्याएर स्कुल दोस्रो हुन सफल भएका हुन् । उनका बुवाआमा कोही पनि सम्पर्क नभएपछि उनी शहारा बिहिन भएका थिए । साहरा बिहिन भएपछि उनले स्कुल पढ्न पनि पाएका थिएनन् । साहरा बिहिन भएर पठन पाठन प्रभावित भएपछि असहाय बालविकास नेपाल बिजौरीमा ल्याइएको थियो । असहाय वाल विकास नेपालमा बस्न थालेपछि उनले सहज पढ्ने वातावरण पाए र अहिले स्कुलकै दोस्रो बन्न सफल भए । साथै असहाय वाल विकास बिजौरीमा बस्दै आएका अन्य १२ जनाले पनि ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेर उत्तिर्ण भएका छन् ।
बाल विकासमा बस्दै आएका ९ जना बालबालिकाले कक्षा १ , ३ जनाले नर्सरी र १ जनाले यूकेजी पास गर्न सफल भएका छन् ।

कक्षा १ बाट होम बहादुर घर्तीले ९६.१४ प्रतिसत ल्याएर उत्तिर्ण हुन सफल भएका छन् । त्यस्तै कक्षा १ कै अनिशा भुजेल ९५ प्रतिशत, मोतीराम पुनले ९४.७१ प्रतिशत, चेतना शर्माले ९०.७१प्रतिशत, अनुज बस्नेतले ८९.२९ प्रतिशत, रेखा बिकले ८८.४३ प्रतिशत, अमृता बिसीले ८७ प्रतिशत अंक प्राप्त गरी उत्तिर्ण हुन सफल भएका हुन् ।
त्यस्तै नर्सरीका बादल बिकले ९७ प्रतिसत, अधिराज भुषालले ९५.७१ प्रतिशत, शारदा बुढाथोकीले ९५ प्रतिशत अंक ल्याएर उत्तिर्ण भएका छन् । त्यस्तै युकेजीका सीता विकले ८५.२९ प्रतिसत अंक ल्याएर उत्तीर्ण भएका छन् । उनीहरुलाई बिगत एक बर्षदेखि पब्लिक ज्ञान ज्योतीले असहाय वालबालिकालाई निःशुल्क पठनपाठन गराउँदै आएको छ ।

नतिजा प्रकाशित भएपछि ती बालबालिकाहरुले खुसी ब्यक्त गरे । आफुहरुलाई साहरा दिएर पठन पाठन गराएकोमा संस्था र बिद्यालयप्रति खुसी ब्यक्त गरेका थिए । पहिले भौतारिएर हिड्न् गरेको भएपनि पढ्न पाएर अहिले उत्कृष्ठ अंक ल्याउन सफल भएकोमा बिकले खुसी भएको बताए ।

यस्तै असहाय वाल विकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीले आफुले वालवालिकाको भबिष्यका लागि गरेको योग्दानले सार्थकता पाएको बताए । ‘बालबालिकाको भबिष्यका लागि मैले जुन योग्दान गरेको छु’ उनले भने ‘ उक्त योग्दानले गर्दा नै अहिले बालबालिकाहरुले उत्कृष्ठ अंक ल्याउन सफल भए ।’ आफुले पालन पोषण गरेका वालवालिकाले उत्कृष्ट स्थान ल्याएको भन्दै खुसी पनि ब्यक्त गरे ।
उनले आफुले तिनै बालबालिकाको भबिष्यको लागि संस्था सञ्चालन गरेको बताए । २०७२ पुस २८ गते तत्कालिन सभामुख ओनसरी घर्तीले उक्त संस्थाको उद्घाटन गरेकी हुन् । उक्त संस्थामा शाहारा बिहिन भएका दाङ रुकुम, प्युठानका बालबालिकाहरुलाई पालनपोषण तथा शिक्षा दिक्षा दिदै आईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *