प्रधानमन्त्री ओलीको भारत भ्रमण

  
  प्रकाशित मितिः बुधबार, चैत्र २१, २०७४       | 226 Views   ||

सम्पादकीय

प्रधानमन्त्री केपी शर्मा, ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आगामी चैत्र २३ देखि २५ गतेसम्म भारतको  राजकीय भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको तीन दिने राजकीय भ्रमणलाई भारतले महत्व दिएपनि आपसी सम्बन्धलाई प्रगाढ बनाउने बाहेक भ्रमणको खास कुनै ठोस एजेण्डा देखिदैन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि केपी ओलीको यो पहिलो विदेश भ्रमण हुन लागेको हो ।

विगतमा प्रधानमन्त्रीका रुपमा ओली र दिल्ली बीच रहेको तिक्ततापूर्ण सम्बन्धको पृष्ठभूमिमा प्रधानमन्त्रीको आसन्न भ्रमण सम्बन्ध सुधारमा केन्द्रित रहने देखिन्छ । बिगतमा गरिएको नाकाबन्दीपछि नेपालसँग बिग्रेको सम्बन्ध सुधार्ने मौकाको रुपमा भारतले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व दिएको देखिन्छ भने प्रधानमन्त्रीले पनि विगतमा चिसिएको सम्बन्ध र आपसी विश्वासलाई बढाउने अवसरको रुपमा यो भ्रमणलाई उपयोग गर्न लागेको देखिन्छ ।

भ्रमण दल भने विगतको जस्तै जम्बो हुने देखिन्छ ।  नेपालमा नयाँ प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण  भारतबाट शुरु गर्ने परम्परा जस्तै बन्न गएको छ । यहि बर्षको गत भाद्र महिनामा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गरेका  शेरबहादुर देउवा पछि अहिले केपी शर्मा ओली नयाँ प्रधानमन्त्री भएर भारत जादैंछन् ।

२०७२ असोज २४ मा पहिलो पटक ओली प्रधानमन्त्री बन्दा संविधान प्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएको थियो । त्यसको विरोध नेपालभित्र मात्र नभई अन्र्तराष्ट्रिय वृत्तबाट समेत चर्को रुपमा व्यहोर्नु परेपछि भारतले ९ महिनापछि नाकाबन्दी फिर्ता लिन बाध्य भएको थियो । भारतको यहि कदमले घरेलु राजनीतिमा ओलीको उचाई राष्ट्रवादी नेताका रूपमा स्थापित भयो र अहिले पुनः प्रधानमन्त्री बन्न सफल भए । जसले गर्दा भारतले पनि ओलीको यो भ्रमणलाई महत्वका साथ हेरेको देखिन्छ । किनकी नेपाल लगायतका छिमेकीसँगको सम्बन्ध बिग्रँदै गएपछि त्यसको प्रभाव घरेलु राजनीतिमा देखिन थालेकाले प्रधानमन्त्री मोदीले सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्न थालेको देखिन्छ ।

यो मौकालाई प्रम ओलीले देशको हित अनुकूल उपयोग गर्छन या आफ्नो व्यतिmगत सम्बन्ध सुधारमामात्र ध्यान दिन्छन् त्यो भने हेर्न बाँकी छ । विगतमा बलियो सरकार नरहेको पृष्ठभूमिमा गरिने भारत भ्रमण र अहिले स्थायी रुपमा बलियो
सरकार बनेको वेला गरिने भ्रमणमा निकै भिन्नता रहन्छ । लामो समयसम्म नेपालमा विदेश नीतिका सन्दर्भमा फुटाऊ र राज गर भने जस्तो कसैलाई भारत इतर, कसैलाई चीन इतरको बनाउने र त्यसरी नै राजनीति गर्ने र कहिले पनि राष्ट्रिय एकता र छिमेकीहरुको सम्बन्धलाई सन्तुलित बनाएर देश र जनताको हितमा सदुपयोग गर्ने वातावरण बन्न नदिइको सन्दर्भमा त्यसलाई अनुकूलतामा तथा नेपालको हितमा बदल्ने पालो अब प्रधानमन्त्री  केपी शर्मा ओलीको काँधमा आएको छ । दुई देश बीचको आपसी हित, विगतको अविश्वासलाई हटाउने मात्र होइन विगतमा  गरिएका सहमति र सम्झौताको कार्यान्वयन गराउनेतिर पनि  यो केन्द्रित हुन जरुरी छ ।

नेपाली वस्तुको आयातमा भारतले लगातार सिर्जना गर्दै  आएको गैरभन्सार अवरोध हटाउन लगाउनु, नेपालले चीनसँगको सहकार्यमा सम्पन्न गर्न लागेका परियोजनामा भारतबाट  अवरोध नपु¥याउने काममा मनाउन सके भने नेपालका लागि उपलब्धिपूर्ण मानिने छ । यसैगरी चीन र भारत बीच नेपालको विकासमा नेपालसँग सहकार्य गर्ने क्षेत्र पहिल्याउन भारत तयार भयो भने नेपालका लागि ऐतिहासिक उपलब्धि हुने छ ।

नेपालले त भारतका सुरक्षा मामिलामा नेपालबाट कुनै  खतरा नहुने प्रतिबद्धता व्यक्त गर्नु बाहेक भारतलाई दिनुपर्ने
केही छैन । अहिले ओली अनुकूलतामा छन, उनले कूटनीतिक चातुर्यता भारतसँगको छलफलमा परिपक्वता देखाउन
सकेमा नेपालले उनको भ्रमणबाट केही उपलब्धिको आशा गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *