शहिदको स्मृतिमा श्रद्धाञ्जलीसभा

  
  प्रकाशित मितिः आइतवार, चैत्र २५, २०७४       | 252 Views   ||

नौलो जनउभार
दाङ । नेकपा माओवादी केन्द्रले शहिदहरुको स्मृतिमा घोराही उप–महानगरपालिका–१७ गैरागाउँमा श्रद्धाञ्जली सभा गरेको छ ।
१३ वर्ष अघि नेपाली सेनाले घरमा बसिरहेका राहुल चौधरी, विजय चौधरी र श्याम चौधरीलाई गिरफ्तार गरेर निर्मम ढंगले हत्या गरेको थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवं दाङ जिल्ला सह–इञ्चार्ज निर्मल आचार्य ‘विमल’ ले शहिदका सपना पूरा गर्न आँफूहरु प्रतिवद्ध भएका बताएका थिए । उनले हजारौं शहिदहरुको बलिदानले नेपालमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै शहिदलाई राज्यले उचित सम्मान दिनुपर्ने धारणा व्यक्त गरे ।
‘अब हामी नयाँ ढंगले अघि बढ्न खोजेका छौं, नेपालमा ठूला कम्युनिष्टहरु मिलेर समजावादको बाटोमा अघि बढ्न खोजेका छौं,’ आचार्यले भने, ‘अब मुलुक समृद्धिको दिशामा अघि बढ्छ ।’


कार्यक्रममा १७ नं वडा अध्यक्ष खुशिराम चौधरीले वडामा शहिद पार्क बनाउन पहल गरिने जानकारी दिए । जनयुद्धको समयमा दाङमा मात्रै कुल ४ सय १२ जना शहिद भएको माओवादी केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *