लालपुर्जाले दियो महिलालाई खुसी

  
  प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४       | 136 Views   ||

भुपेन्द्र वली

दाङ । साविकको सिसहनियाँ गाविस– ९ की बेलमति चौधरीले सम्पतिको मालिक बन्न ७६ वर्ष कुर्नु प¥यो । केही दिनअघि मात्र बेलमति र उनका श्रीमानले लमहीस्थित मालपोत कार्यालयमा गएर आफनो जमिनको संयुक्त हस्ताक्षरको लालपुर्जा पाए ।

लालपुर्जा पाएपछि अब जग्गा बेच,बिखन गर्दा वा धितोका लागि बैंकमा राख्दा अनिवार्य रुपमा बेलमतिको सहमति चाहिने छ । ‘सम्पतिको अधिकार पाएपछि खुसी लागेको छ । ’ बेलमतिले भनिन ‘ बुढयौली उमेरमा भएपनि जमिनको मालिक बन्न पाइयो । ’ चौधरी दम्पतिले यसअघि श्रीमान्को नाममा मात्रै रहेको साविकको सिसहनियाँ ९ को कित्ता नम्बर १६५,२१२,२४२ र २४६ लाई श्रीमान् श्रीमतीको संयुक्त नाममा पास गरेका हुन ।

यस्तै उनीसँगै सोहि ठाँउकी ३० वर्षिय रन्जु चौधरीले पनि सम्पति माथिको आफनो अधिकार पाएकीछन् । ‘ अब मैले मात्र चाहेर पनि जमिन बिक्री गर्न पाउँदिन् ’रन्जुका श्रीमान सुरच चौधरीले भने ‘ दुबैले कमाएर सम्पति जोडेका हौं । मेरो मात्र नाम हुँदा यतिकै नमज्जा लाग्थ्यो । उनको पनि नाम हुँदा दुबैलाई खुसी लागेको छ । ’ जिल्लामा पछिल्लोचरण श्रीमान,श्रीमति दुबैको नाममा संयुक्त लालपुर्जा बनाउने प्रक्रिया बढेको छ ।

सम्पति जोड्नका लागि मेहनत गर्ने तर सम्पतिको निर्णय गर्ने अधिकार भने श्रीमानको मात्र रहने परम्परा विपरित श्रीमान,श्रीमति दुबैले सम्पति माथि आफनो अधिकार पाउँदै गएकाछन् । आफ्नो नाममा जग्गा,जमिन नहुँदा श्रीमानले आफू खुसी वेचविखन गर्ने, बैंकमा धितो राख्ने लगायतका काम गर्न थालेपछि महिलाहरुले सम्पतिमा आफ्नो अधिकार माग्न थालेका हुन ।

पहिलो पटक जग्गाको मालिक बनेकी राप्ती गाउँपालिकाकै पार्वती चौधरीको पनि खुसीको सिमा छैन । ‘वल्ल त जग्गाको मालिक बनेकी छु,अरु सबै जग्गा उहाँ,श्रीमानका नाममा थियो उहाँनै आफै हिड् जग्गा पास गर्न जाम भनेर ल्याउनु भएको हो  । ’लमहीको मालपोत कार्यालयमा भेटिएकी पार्वतीले भनिन् । श्रीमान, श्रीमतिको संयुक्त फोटो र नाम हुने गर्दछ । जस्ले गर्दा जग्गा वेच,बिखन गर्दा वा बैंकमा धितो राख्दा श्रीमतिको सहमति अनिवार्य हुने गर्दछ ।
७० भन्दा बढीले लिए संयुक्त लालपुर्जा भूमि माथि महिलाको अधिकार सुनिश्चित गर्नको लागि जिल्ला भूमि अधिकार मञ्चले महिलाको नाममा लालपूर्जा बनाउने अभियान थालेको छ । दाङ जिल्लाभर यस आर्थिक बर्षमा ७० भन्दा बढि जोडीले संयुक्त लालपूर्जा बनाएको जिल्ला भूमि अधिकार मञ्चका संयोजक रेमन्त चौधरीले जानकारी दिए ।

पछिल्लो समय महिलाहरु आफै जागरुक भएर सम्पति माथि आफूहरुको अधिकार खोज्न लागेको संयोजक चौधरीले वताए । जोडीको नाममा संयुक्त लालपूर्जा हुँदा महिला माथि हुने हिंसा कम हुने र महिलाहरु पनि जग्गाको मालिक बन्दा शसक्तिकरणमा सहयोग पुग्ने विश्वास जिल्ला भूमि अधिकार मन्चका सदस्य जगवीर चौधरीले लिए ।

‘ यसले सम्पति माथि महिलाको हक कायम गर्नुका साथै महिला हिंसा न्युनीकरणमा पनि सघाउ पु¥याएको छ ।’चौधरीले भने ‘ सम्पति माथिको अधिकारले दम्पतिमा एक अर्का प्रति विश्वास पनि बढाएको छ भने महिलालाई आत्मनिर्भर बन्ने बाटो पनि खोलिदिएको छ । ’
संयुक्त लालपुर्जा लिनेलाई प्रोत्साहनसरकारले पनि भूमी माथि महिलाको अधिकार स्थापित गराउन सुविधा दिएको छ ।

संयुक्त जग्गा पास गर्दा एक सय रुपैयाँ मात्र राजश्व लाग्ने मालपोत कार्यालय लमहीका मालपोत अधिकृत रमेश वुढोथोकीले जानकारी दिए । मालपोत अधिकृत वुढोथोकीले श्रीमान,श्रीमति खुल्ने नाता प्रमाणित,नागरिकताको फोटो लिएर सहमतिमा श्रीमान् श्रीमतिको संयुक्त नाममा जग्गा पास गर्न आए सहजै पास हुने वताए ।

अहिले अधबैंसे र वृद्ध,दम्पतिको नाममा संयुक्त लालपूर्जा बनेको जानकारी दिदै उनले यूवाहरु वैदेशिक रोजगारमा जाने श्रीमान् श्रीमतिको दुबैले आफ्नो सम्पतिको सुरक्षाको लागि यूवा पिंढीले पनि संयुक्त लालपूर्जा बनाउन ध्यान दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *