जनता आबासमा बजेट नआँउदा समस्या

  
  प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५       | 233 Views   ||

नौलो जनउभार
दाङ । गरिब तथा विपन्नहरुलाई आवास सुविधा प्रदान गर्न लागु भएको जनता आवास कार्यक्रमका लागि पर्याप्त बजेट नहुँदा समस्या उत्पन्न भएको छ ।
जनता आबास कार्यक्रम अन्तर्गत राप्ती अंचलको दाङ र सल्यान जिल्लामा निर्माण भएका घर परिवारले भवन निर्माण वापतको रकम पाएका छैनन् । आर्थिकरुपमा विपन्न, अल्पसंख्यक परिवारहरुका लागि घर निर्माण गरी सुरक्षित आवासमा सहयोग पु¥याउने उद्देश्यले सरकारले सञ्चालन यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

जग्गा भएर पनि कमजोर आर्थिक अवस्थाका कारण घर बनाउन नसकेकाहरुका लागि घर निर्माण गरिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले जानकारी दिएको छ । दाङ र सल्यानमा दलित, लोपोन्मुख, पिछडिएका जाती र अति विपन्न मुस्लिम समुदायलाई प्राथमिकतामा राखेर घर निर्माण गरिएको कार्यालय प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिए ।

यद्यपी , भवन निर्माण सम्पन्न गरिसकेकाहरुलाई समयमा रकम भुक्तानी गर्न नसक्दा समस्या भएको प्रमुख पाण्डेले बताए ।‘ यसअघिका वर्षमा पहिलो चौमासिकमै बजेट आईसक्थयो । तर यसपालि बजेट आएको छैन ।’ पाण्डेले भने ‘ आबासहरुको सँख्या पनि धेरै भएर होला । विनियोजीत बजेट अपुग भएको छ । लक्षित वर्गले घर बनाईसकेका छन् तर भुक्तानी पाएका छैनन्। ’

दुई सय बढीले पाएनन रकम
शौचालय सहितको आवास निर्माण सम्पन्न गरि कागजात बुझाएपछि भुक्तानी पाउनु पर्नेमा वजेट अभाव भन्दै २ सय ११ परिवारले रकम पाउन नसकेको भवन डिभिजन कार्यालय दाङ का प्रमुख राजेन्द्र पाण्डेले वताए ।

घरबार बिहिनलाई आवास सुविधा दिने सरकारी नीति अनुसार आर्थिक वर्ष २०६७÷६८ देखी वादी, गन्दर्भ र कुसुण्डा जातीका गरि दाङमा ६ सय ५ र सल्यानमा १ सय २३ घर निर्माण भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङले जनाएको छ । जम्मा ९ करोड बराबरको रकम विनियोजन गरिएमा २ करोड रकम अभाव भएको प्रमुख पाण्डेले जानकारी दिए ।

यि स्थानमा बने घर
जनता आवास कार्यक्रम कार्यक्रमअन्तर्गत घोराही, तुलसीपुर, र लमही नगरपालिकासंगै लालमटिया, गोवरडिहा, सिसहनिया, सौडियार, बाघमारे, पञ्चकुले, श्रीगाँउ पुरन्धारा र शान्तिनगर गाविसमा घर निर्माण गरिएको कार्यालय प्रमुख राजेन्द्र पाण्डेयलेजानकारी दिए । यस्तै सल्यानका विभिन्न स्थानमा एक सय बढी घर निर्माण भएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।
५ हजार बढी निवेदन जनता आवास कार्यक्रमका लागि दाङमा मात्रै पाँच हजार बढी निवेदन संकलन भएका छन ।आर्थिक बर्ष २०७३÷०७४ मा दाङमा एक हजार भवन निर्माण गर्ने लक्ष्य लिइएकोमा पाँच हजार बढी निवेदन संकलन भएका हुन । दाङमा जनता आवास कार्यक्रमका लागि चौध गाविस र तीन वटा नगरपालिका छनौट गरिएको थियो । त्यसैका आधारमा भवन डिभिजन कार्यालय दाङले निवेदन संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *