दाङमा पनि चैते धान खेति शुरु

  
  प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५       | 269 Views   ||

जंगबहादुर रेउले
दाङ । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारले शुरु गरेको बृहत्तर धान विस्तार योजनाअन्तर्गत दाङमा पनि चैते धान खेति सुरु गरिएको छ ।

हाल जिल्लाको शान्तिनगर बाहेक सवै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाहरुकाका चैते धानलाई आवश्यक पर्ने वातावरण, सिचाइ भएको स्थानमा यस्को खेति गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमा वार्षिक २५ अर्ब रुपैयाँ बराबरको धान भारतबाट खरिद हुने गरिएकोले सरकारले आयात प्रतिष्थापन गरि निर्यात बढाउन चैते धानको खेति अभियानको रुपमा सञ्चालन गरेको छ ।
सरकारले आउँदो दुई वर्षभित्रमा नेपाललाई धानमा आत्मनिर्भर बनाई तीन वर्षपछि निर्यात गर्ने उद्देश्यले तराईका जिल्लामा बृहत्तर धान उत्पादन योजना सुरु गरेको हो । हाल किसानले हर्दिनाथ १ र चैते २ जातका चैतेधान खेती गरिरहेका छन् । जेठको अन्तिम वा असारको पहिलो हप्ताभित्र चैते धान काटिने र वर्षे धान खेतिमा कुनै असर नपुग्ने भएकाले पनि चैते धान खेतिमा किसानलाई थप फाइदा पुग्ने कृषि प्राविधिकहरु बताउँछन् ।
यस अघि वर्षमा दुई बाली मात्र खेती गरेका किसानले यस वर्ष चैते धान खेतीसमेत गरेपछि तीन बाली घरमा भित्र्याउन पाउँदा खुसी भएका छन् । चैते धान खेतीका लागि बाह्रै महिना सिँचाइ सुविधा भएको जमिन चहिने भएकाले सवै स्थानमा यो खेति गर्न नसकिएको कृषि विकास कार्यालयका प्रमुख दिपककुमार शर्माले बताए ।
गत वर्ष एक सय तिन हेक्टरमा खेति
जिल्ला कृषि विकास कार्यालयले गत वर्ष१०३.४ हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती गरिएको जनाएको छ । विऊ अनुदान दिएर राजपुर गाउँपालिका वडा नं. १ गुरुङ्गखोला, गढवा गाउँपालिका वडा नं. १ रणसिँहखोला राप्ती गाउँपालिका वडा नं. २ लालमटिया र वडा नं. ५ सिसहनिया, बंगलाचुलि गाउँपालिका ३ मुलाबारी, गहतेरा, वडा नं.७ हाँसीपुर, बबई गाउँपालिका वडा नं. ५ हँसपुर र खैराबोट, लमही नगरपालिका २ फल्कापुर र सतबरिया, घोराही उपमहानगरपालिकाको अस्परामा, तुल्सीपुर उपमहानगरपालिकाको कालाखोलामा चैत्ते धानको खेति गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *