निर्मल आचार्य ‘विमल’,
सह–इञ्चार्ज, नेकपा नेकपा माओवादी केन्द्र
पार्टी एकता अहिलेको आवश्यकता हो । हामीले पार्टी एकता गर्नका लागि दुबै पक्षले अहिलेसम्म भएको परिवर्तनलाई स्विकार गर्नुपर्छ । परिवर्तन कुन विचारले ग¥यो भनेर आत्मसाथ गर्न जरुरी छ । परिवर्तनका लागि नेतृत्वले खेलेको भूमिकालाई उचित स्थान दिन जरुरी छ । एकता नयाँ विचारको आधारमा हुने हो ।
१० बर्षे महान जनयुद्धको जगमा भएको २०६२÷०६३ को जनआन्दोलन बाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि अहिलेको आवश्यकता खड्किएको हो ।
आम नेपाली जनताले यो परिवर्तनपछि मुलुकमा स्थिरतार समृद्धि खोजेका छन् । त्यसका लागि स्थिर सरकार आवश्यकता
छ । २००६ सालमा जुन उद्देश्यका साथ कम्युनिष्ट पार्टी स्थापना भएको थियो,त्यो उद्देश्य पूरा भएको छैन । यस बीचमा कम्युनिष्ट पार्टीहरु विभिन्न चिरामा विभक्त भए ।
अब हामी समाजवादको दिशामा अघि बढिरहेका छौं । समाजवादको यात्रामा पुग्नको लागि हामी विभाजित भएर अघि बढ्न सक्दैनौं ।
एकीकृत कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो । पार्टी एकता समानताको आधारमा हुनुपर्छ । संख्या निकै गौंण कुरा हो ।
२०६४ सालमा हामी देशकै सबैभन्दा ठूलो पार्टी बनेका थियौं । अहिले एमाले ठूलो बनेको छ । निर्वाचनमा ठुलो हुनुर सानो हुनु गौण कुरा हो । मुख्य कुरा विचार नै हो । पार्टी एकता नयाँ विचारमा हुने भएकाले संगठन पनि नयाँ हुनुपर्छ । पार्टी एकता गर्दा संगठनमा पनि सम्मानजनक एकता हुनुपर्छ ।