नयाँ विचारका आधारमा एकता

  
  प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५       | 195 Views   ||

मेटमणि चौधरी,
दाङ जिल्ला इञ्चार्ज
नेकपा एमाले
नेपालमा कम्यूनिष्टहरु जुन उद्देश्यका साथ स्थापित भएका हुन, त्यसको उद्देश्य पुरा भएको छैन  । २००६ सालमा स्थापना भएको कम्यूनिष्ट पार्टीको उद्देश्य पूर्ति गर्नका लागि अब सबै विभाजित कम्युनिष्टहरु एक हुन जरुरी छ  ।

सानो र टुक्रे पार्टी निर्माण गरे कम्युनिष्टहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैनन्  । अब कमजोर कम्युनिष्ट पार्टीले जनताको चाहना पुरा गर्न सक्दैनन्  । यहि भएर देशका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत ढंगले अघि बढ्न खोजेकाछन्  । पार्टी एकताका लागि अन्तिम तयारी भएको छ  ।

प्राविधिक रुपमा केही कुरा मिल्न बाँकी होला तर,जनता र तल्लोतहका कार्यकर्ताहरुमा भावनात्मक एकता भइसकेको छ  । अब एकतालाई कसैले पनि रोक्न सक्ने देखिदैन्  । पार्टी एकताको प्रमुख आधार भनेको विचार नै हो  । कम्युनिष्ट पार्टीमा सबैभन्दा प्रमुख बिचार हुन्छ  ।
अहिले नेकपा एमालेले अबलम्बन गर्दैं आएको जनताको बहुदलिय जनवाद र माओवादी केन्द्रले अबलम्बन गर्दैं आएको २१ औं शताब्दीको नौलो जनवादलाई फ्युजन गरेर नयाँ बिचार निर्माण गर्नुपर्छ  ।

पार्टी एकतामा संख्या निकै गांैण कुरा हो  । हामीले समानताको आधारमा पार्टी एकता हुनुपर्छ भनेका छौं  । हामीले प्रतिशतका कुरा उठाएका छैनौं  । स्थानीय, प्रदेश र संघको निर्वाचन परिणामलाई आधार बनाउन सक्छौं  । साथै पार्टी तथा नेताहरुको योगदान,क्षमता र योग्यताको आधारमा उचित व्यवस्थापन गर्नुपर्छ  ।

अहिले नै यो पार्टीको यति संख्या भनियो भने त्यसले राम्रो परिणाम दिदैन्  ।
अर्को कुरा भोलि आफ्नो पोजिशन के हुन्छ भनेर चिन्ता गर्न जरुरी छैन  । राजनीतिक सम्भावनाको खेल हो  । यो सधै जोखिममा हुन्छ  । केपी ओली वा प्रचण्डको भविष्य के हुने भन्ने कुरा अहिलेनै निर्धारण हुन सक्दैन्  । यो भनेको एकतापछि कार्यकर्ताहरुमा को लोकप्रिय हुन्छ, त्यहिको आधारमा हुने कुरा हो  । एउटै पार्टी भइसकेपछि यो मेरो र त्यो मेरो भन्ने नै हुँदैन्  ।

यी सबै प्राविधिक कुरा हुन्  । सबै कुरा मिल्दै जान्छ  । मुख्य कुरा आम जनता र तल्लो तहका कार्यकर्ताहरु हुन्  । उनीहरु सबै पार्टी बीच छिट्टै एकता होस् भन्ने पक्षमा छन्  । पार्टी एकता हुन्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *