भावनात्मक एकता हुनुपर्छ

  
  प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५       | 953 Views   ||

टिकाराम खड्का
अध्यक्ष
नेकपा एमाले

विगतमा नेपालका कम्युनिष्ट पार्टीहरु बीच विभाजित हुनुपर्ने कुनै कारण थिएन् । कुनै कारण विना विभाजित भएका कारण अहिले कसैले पनि फुट्को आधार प्रस्तुत गर्न सकेका छैनन् ।

कम्युनिष्ट पार्टीहरु बीच विभाजन आउँदा नेपालमा जनवादी क्रान्ति पूरा गर्न धेरै समय लाग्यो । यस बीचमा पूँजीवादी बिचारराख्ने पार्टीहरु शक्तिशाली बने । २०६२÷६३ को जनआन्दोलनपछि नेपालमा मुलभूत रुपमा जनवादी क्रान्ति सम्पन्न भयो । अहिले नेपालमा पूँजीवादको विकास भइरहेको छ । हामी पूँजीको विकास गदैं समाजवादी क्रान्ति पुरा गर्न चाहन्छौं ।

जनवादी क्रान्ति पुरा गर्ने सवालमा हामी बीच कसरी अघि बढ्ने भनेर दृष्टिकोणमा केही फरक थियो । अहिले नेकपा एमालेर माओवादी केन्द्र दुबै दलले समाजवादी कार्यदिशा अबलम्बन गरेकाछन् । दुबै पार्टीको एउटै कार्यदिशा भइसकेपछि फरक-फरक पार्टीमा बस्नुको कुनै औचित्य छैन । विगतमा कम्युनिष्ट पार्टीहरु बीच निम्न पूँजीवादी चिन्तन हावी भयो ।

निम्न पूँजीवादी चिन्तनले कहिले पनि कम्युनिष्टहरुलाई क्रान्तिकारी बन्न दिदैन् । हामी समाजवादहुँदै साम्यवादमा पुग्ने लक्ष्य बोकेका छौं । त्यो लक्ष्य पूरा गर्न हामी विभाजित भएर अघि बढ्न सक्दैनौं । एकताको मुल आधार भनेको विचार नै हो । त्यसपछि संगठनात्मक एकता हो । संगठनात्मक एकता गर्दा हामीले भावनात्मक एकता गर्नुपर्छ ।

मुख्य कुरा माक्र्सवादर लेनिनवाद नै हो । हामीले संगठनात्मक स्वरुप पनि लेनिनवादी पद्धति अनुसार विकास गर्नुपर्छ । दुई अध्यक्षयात्मक प्रणाली लेनिनवादी संगठनात्मक प्रणाली भित्र पर्दैन् । हामीले एउटा कम्युनिष्ट पार्टीमा दुईओटा अध्यक्षराख्ने कुराको कल्पना पनि गर्न सक्दैनौं । एकता महाधिवेशन नहुँदासम्मका लागि संक्रमणकालिन व्यवस्था गरेर दुईओटा अध्यक्ष वा सह-अध्यक्षराख्न सकिन्छ ।

अहिले माओवादी केन्द्रमा चार हजार केन्द्रीय सदस्य हुनुहुन्छ । एमालेमा दुईसय जनाको मात्र केन्द्रीय समितिरहेको छ । यसले गर्दा नेताहरुको व्यवस्थापनमा केही समस्या देखिएको हो । हामीले संख्यालाई प्रतिशतमा मापन गरेर एकता गर्दैनौं । नेपाली कांग्रेसमा ६०÷४० को भाग बण्डा अहिले पनिरहेको छ । यसले पार्टीलाई भावनात्मक एकता गर्न सहयोग गर्दैन् । हामीले नेताहरुलाई क्षमतार योगदानको आधारमा व्यवस्थापन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *