अण्डा मांसहारी कि शाकाहारी ?

  
  प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५       | 271 Views   ||

संसारमा यस्ता कयौं सवाल छन, जुन कुरा हामीले बच्चादेखि सुन्दै र जिज्ञाशा राख्दै आएका छौं तर त्यसको जवाफ अहिलेसम्म पाउन सकिएको छैन । जस्तै, संसारमा पहिले कुखुरा आयो वा अण्डा ? कयौं शाकाहारी मानिसहरु अण्डालाई मांशाहारी मानेर अण्डा सेवन गर्दैनन् ।

उनीहरु भन्छन कि अण्डा कुखुराले उत्पादन गर्छ, यसकारण उनीहरु ठान्छन कि अण्डा नन्भेज हो । तर यदि यस्तै कुरालाई सत्य मान्ने हो भने दूध पनि जनवरबाटै उत्पादन हुन्छ, के त्यसो भए दुध पनि नन्भेज हो त ?

यदि तपाइँलाई पनि यस्तै लाग्छ भने फेरी अर्को तर्क आउँछ कि अण्डाबाट बच्चा निस्कन्छ, त्यसैले अण्डा मांशाहारी हो । सबै अण्डाबाट बच्चा उत्पादन हुँदैन । बजारमा पाइने धेरैजसो अण्डा अनफर्टिलाइज हुन्छ । जुन अण्डाबाट बच्चा उत्पादन हुँदैन् ।

अण्डाबाट त्यतिकै बच्चा उत्पादन हुँदैन । अण्डाबाट बच्चा उत्पादन हुनको लागि केहि चरणहरु पार गर्नुपर्ने हुन्छ । जस्तो कि गाउँघरमा कुखुराले अण्डा पाएपछी त्यो अण्डालाई त्यतिकै राख्दा बच्चा बन्दैन् । त्यसको लागि कुखुराले अण्डालाई कोरल्नुपर्छ ।
त्यसैले बैज्ञानिकहरुले अण्डालाई मांसहारी नभई साकाहारी भएको दावी गरेकाछन् । वैज्ञानिकहरुले बिज्ञानको माध्यमबाट यस बिषयको जवाफ दिँदै भनेका छन कि ‘अण्डा शाकाहारी हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *