सुनसान बन्दै सामुदायीक बिद्यालय

  
  प्रकाशित मितिः बुधबार, बैशाख १९, २०७५       | 222 Views   ||

दिपक बोहरा
तुलसीपुर, पछिल्ला बर्षहरुमा दाङका सामुदायीक बिद्यालयहरुका बिद्यार्थीहरुको संख्या ह्वात्तै घटेको छ । केही बर्ष पहिलेसम्म भरिभराउदेखि सामुदायिक बिद्यालयहरुमा अहिले बिद्यार्थीहरुको चाप निकै घटेको छ । शैक्षिक सत्रको शुरुमा विगतमा भर्ना गर्दा बिद्यार्थीहरुको लाइन ठुलो हुने गथ्यो तर आजभोली भने भर्ना हुने बिद्यार्थी भेट्ननै गाह्रो परेको छ ।
चालू शैक्षिक सत्रमा दाङका करिब आधा सामुदायीक बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थीरहेका छन् ।

कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुको तथ्याङ्क हेर्दा दाङका आधा सामुदायीक बिद्यालयमा एक सय भन्दा कम विद्यार्थीरहेकाछन् । जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा एक सय ९४ सामुदायीक विद्यालयमा एक सय भन्दा कम बिद्यार्थी छन् । दाङमा भएका चार सय १९ सामुदायीक बिद्यालय मध्य जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्कमा कक्षा १ देखी ५ सम्मका बिद्यार्थीहरुको संख्या हेर्दा एक सय ९४ सामुदायीक विद्यालयमा एक सय भन्दा कम विद्यार्थीरहेको पाइएको हो । कुनै विद्यालयमा भने ३० जना मात्रै विद्यार्थीरहेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालय दाङका शिक्षा अधिकारीरमेश मैनालीका अनुसार एउटा कक्षामा कम्तिमा ४० जना बिद्यार्थी हुनुपर्छ । उनले १ देखी ५ सम्ममा कम्तिमा पनि दुई सय बिद्यार्थी हुनुपर्ने भएपनि अहिले दाङका धेरै सामुदायिक बिद्यालयमा बिद्यार्थीकोे संख्या आवश्यकता अनुसार नभएको बताए । जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार तुलसीपुर उप–महानगरपालिकाका ८२ सामुदायिक बिद्यालय मध्य ४६ बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी छन् ।

त्यस्तै घोराही उप–महानगरपालिकाका ९९ सामुदायिक विद्यालय मध्ये ५७, लमही नगररपालिकाका २८ सामुदायिक बिद्यालय मध्ये १२,बबई गाउँपालिकाका ३४ सामुदायिक बिद्यालय मध्ये २६,शान्तिनगर गाउँपालिकाका २७ सामुदायिक विद्यालय मध्य १६,दंगीशरण गाउँपालिकाका १४ सामुदायिक बिद्यालय मध्ये १४ वटा सामुदायिक विद्यालयमा एक सय भन्दा कम बिद्यार्थीरहेकाछन् ।

त्यस्तै बंगलाचुली गाउँपालिकाका ४१ सामुदायिक बिद्यालय मध्ये ११,राजपुर गाउँपालिकाका ३२ सामुदायिक बिद्यालय मध्ये २०,राप्ती गाउँपालिकाका ३२ सामुदायिक बिद्यालय मध्ये २०,गढवा गाउँपालिकाका ३२ सामुदायिक बिद्यालय मध्ये ८ वटा सामुदायिक बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी भर्ना भएकाछन् । पछिल्लो समय दाङका सामुदायिक बिद्यालयहरु पनि सुनसान बन्दै गएकाछन् । बिद्यार्थीर अभिभावकहरु निजी बिद्यालय तर्फ आर्कषित हुन थालेकाछन् । धेरै सामुदायिक बिद्यालयमा आवश्यता अनुसार विद्यार्थी छैनन् । सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर खस्कदैं जानुका साथै बिद्यालय ब्यवस्थापन फितलो हुँदा बिद्यार्थीको संख्या

घट्दै गइरहेको शिक्षाविद् मोहन ज्ञवालीले बताए । उनले बिद्यालयमा विद्यार्थी मैत्री वातावरणर गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा सामुदायीक बिद्यालयमा विद्यार्थीको
संख्या बढ्ने बताए । ‘बिद्यालयहरु बालमैत्री नहुँदा बिद्यार्थीहरुको आर्कषण बढ्न सकेको छैन्’ उनले भने‘बिद्यार्थीको संख्या बढाउन बालमैत्री बिद्यालय आबश्यक छ ।’ त्यसका लागि बालबालिकाका लागि उपयुक्त भौतिक पूर्वाधार,खेलकूद लगायतको ब्यवस्था हुन आवश्यकरहेको उनको भनाई थियो । सामुदायीक विद्यालयको गुणस्तरियता सुधारका लागि स्थानीय सरकार,राजनीतिक दल लगायत सरोकारवालाहरुले पहल थाल्नु पर्ने उनको भनाई थियो ।

अहिले सबै सामुदायीक विद्यालयमा आवश्यक दरबन्दी सिर्जना नगरिएकोर दरवन्दी भएका विद्यालयमा पनि दरबन्दी अनुसारका शिक्षक नपठाउनुले पनि सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको उनको भनाई छ । प्रविधिमैत्री शिक्षा हुन आबश्यकरहेको मैनालीको भनाई छ । विज्ञान र प्रविधिको तिव्र विकास भइरहेको अवस्थामा परम्परागत शिक्षण सिकाइले शैक्षिकगुणस्तर बृद्धि गर्न असम्भबरहेको उनको भनाई थियो । साथै व्यबहारिक शिक्षामा पनि जोड् दिनुपर्ने मैनाली बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *