बालबालिकाले बढि मोबाइल प्रयोग गरे ब्रेन ट्युमर हुनसक्ने

  
  प्रकाशित मितिः बिहिबार, बैशाख २०, २०७५       | 151 Views   ||

बच्चामा ब्रेन ट्युमर के हो ? चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन । हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सर युक्त ट्युमरको समस्या बढिरहेको छ ।

उक्त अनुसन्धानले अत्यधिक मोबाइल प्रयोगका कारण यस्तो समस्या देखिएको बताएको छ । चेन्नइका अपोलो प्रोटोन सेन्टरका चिकित्सक डा.राकेश जलालीले गरेको अनुसन्धानमा यस्तो देखिएको हो । डा. राकेशले बच्चालाई लामो समय मोबाइल प्रयोग गर्न नदिनका लागि सुझाव दिएका छन् ।

अहिलेको शोधले पनि त्यसलाई पुष्टि गरेको छ ।
उक्त अनुसन्धानले लामो समयसम्म मोबाइल प्रयोग गर्दा मस्तिष्कको क्यान्सर हुने सम्भावनालाई बढाउने निष्कर्ष निकालेको छ ।

यसरी लामो समय मोबाइलको प्रयोग गर्दा बच्चामा कान नजिकै ट्युमरको खतरा बढेर जान्छ । ६ देखि ७ घन्टासम्म लगातार मोबाइलमा कुरा गर्दा ट्युमर हुन सक्छ । उनले भनेका छन, ‘मोबाइलमा नेटवर्क कमजोर हुने समय मानिसले कानमा जोडसँग टस्साएर कुरा गर्छन् । जसलाई राम्रो मानिँदैन् । यस्तो अवस्थामा रेडिएसन एक्सपोजरको खतरा बढ्दै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *