मानिसले मात्र शरीरको भित्रको स्वास्थ्यको बारेमा जानकारी राख्छन् । आन्तरिक रुपमा शरीरलाई स्वस्थ्य राख्ने मुख्य तरिका शरीरको आन्तरिक विकार र विषादीलाई निर्मूल पार्नु हो । तर यो कसरी सम्भव छ त ? शरीरभित्रको आन्तरिक समस्याका कारण छालाको समस्या, पाचन प्रणालीमा गडबढी, कपाल झर्ने, संक्रमण लगायतका समस्या हुन्छन्
आन्तरिक विकारलाई फालेर लिभर,आन्द्रा, छाला,किड्नी, फोक्सो इत्यादि अङ्गलाई रोग मुक्त बनाउन सकिन्छ । शरीरको भित्री भागलाई स्वच्छ बनाउनका लागि पोषणयुक्त खाना र पेय पदार्थ आवश्यक पर्छ ।
शरिरको विकार फालेर शरीरलाई आन्तरिक रुपमा नै रोगमुक्त गराउने केही जुस यसप्रकार छन ः
स्याउ,गाजर, धनियाँ र चुकंदरको जुसले शरीरका विकारलाई फालेर आन्तरिक रुपमा स्वस्थ्य बनाउँछ । यो जुसलाई मिसाएर वा वेग्लाबेग्लै पिएर स्वास्थ्यमा लाभ लिनु सक्नु हुन्छ ।
स्याउः स्याउमा स्पेक्टिन नामक तत्व हुन्छ जसले आन्द्राभित्रै देखि उत्तेजित विषलाई हटाएर सफा शरीरलाई आन्तरिक रुपमा सफा गर्छ । यो जुसले पेट भित्रको विकार हटाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । त्यसो त स्याउले शरीरलाई समग्र रुपमा स्वस्थ्य बनाउछ ।
धनियाँ ः शरीरलाई आन्तरिक रुपमा स्वस्थ्य बनाउन धनियाँको जुसको विशेष महत्व हुन्छ । यसमा भएको विषादी हटाउने गुणका कारण किड्नीका विमारीलाई उत्तम मानिन्छ । यसमा हुने एन्टि अक्सिडियन्ट, भिटामिन सी र खनिजले किड्नीको कार्यलाई सहज बनाउछ ।
गाजरको जुसः गाजरमा क्षार युक्त शक्ति हुन्छ, जसले शरीर भित्रको हानीकारक विकारलाई हटाएर शरीरलाई पूर्ण रुपमा स्वस्थ बनाउँछ र आन्तरिक अङ्गको कार्यलाई प्रभावकारी बनाउँछ । भिटामिन युक्त बेटा क्यारोटिन र अल्फा क्यारोटिनले शरीरमा सम्भावित रोगबाट बचाउँछ । शरीरलाई स्वस्थ्य बनाउनुको अतिरिक्त गाजरमा हुने भिटामिन सी,भिटामिन के र भिटामिन बीले कोषलाई आवश्यक पोषण प्रदान गर्छ ।
चुकन्दरको जुसः चुकन्दरमा हुने बिटानी नाम गरेको तत्वले शरीरभित्रको विकार फाल्ने प्रक्रियालाई सहज बनाउँछ । त्यस्तै यसमा पाइने अर्को तत्व बिटानीले पित्त प्रवाहलाई प्रभावकारी बनाई पाचनप्रणालीमा सुधार ल्याउछ । यसले शरीरभित्र अनावश्यक र खतरनाक बिषलाई प्रवेश हुन बाट जोगाउँछ ।
एजेन्सी