तुलसीपुरमा खरका छाना हटाउन शुरु

  
  प्रकाशित मितिः बिहिबार, बैशाख २०, २०७५       | 164 Views   ||

नौलो जनउभार
तुलसीपुर । वर्षात शुरु हुन अब दुई महिना मात्रै बाँकीरहँदा तुलसीपुर उपमहानगरपालिका ( १ का लालबहादुररोकालाई अहिले देखि नै निद्रा लाग्न छाडेको छ । जब बर्षा हुने समय नजिकिदै जान्छ, उनलाइ बिगतमा बर्षातको समयको पीडाको याद आउँछ ।
प्रत्यक वर्ष बर्षातको झरिले उनको घरको बाहिर मात्रै हार्ईन भित्र पनि भिजिसकेको हुन्छ । लालबहादुरको मात्रै होईन्, खरको छानो भएका सबैको घरको हालत बर्षायामा त्यस्तै हुन्छ । दाङमा पनि अझै खरको छानोमुनी बस्नेहरु धेरै छन् ।

खरको छानो भएका घरहरुमा बर्षातको समयमारात बिताउन जो कोहीलाई पनि कठिनाई हुन्छ ।
बर्षातको झरीलाई खरको छानोले छेक्न सक्दैन्, जसले गर्दारातभरी जागराम बस्न बाध्य त बनाउँछ नै अर्को तर्फ सर्पको डर पनि उत्तिकै हुन्छ । ‘झरी परेको बेला घरभित्र मुहान फुटे झै हुन्छ’ उनले भने, ‘सर्पको पनि उत्तिकै डर छ ।’ बर्षातमा मात्रै होईन्, गर्मीयाममा पनि खरको छानो भएकाहरुका लागि आगलागी हुने डररहेको स्थानीय उदयराम बिकले बताए ।
त्यसमा पनि पछिल्लो समय खर पाउन पनि मुस्किलरहेको उनले बताए । ‘भनेको बेला खर पनि पाईदैन, बर्षौै देखिको खरले पानी छेक्न सक्दैन्’ उनले भने ‘जसले गर्दा हाम्रा घरका छानाहरुले बर्षातमा पानी छैक्न सक्दैन् ।’
यही समस्या समाधानका लागि तुलसीपुर उपमहानगरपालिले खरको छाना हटाउने अभियान शुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का २० घरलाई जस्ता पाता बितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । तर, वडा
नंबर १ मा मात्रै एक सय ६५ घरपरिवारका खरका छाना छन् । उनीहरुको समस्या भने यो बर्षातमा पनि कायमरहने भएको छ । पहिलो चरणमा बिपन्न, पछिडिएका तथा गरिब
परिवारलाई छनौट गरेर जस्तापाता वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
तुलसीपुर १ भ्यूडहरमा एक कार्यक्रम गरि २० घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो ।
वडाअध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले गरिबिकै कारण खरको छानोमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने बताएका छन् ।
खरको छानो गरिबिको
पहिचान भएको भन्दै उनले पाँच बर्षभित्र तुलसीुरबाट खरको छानो बिस्तापित गर्ने उनले बताए ।
खरको छानो बिस्तापित गर्नु सुरक्षितर समृद्धिको प्रतिक भएको भन्दै यस बर्ष करिब पाँच सय खरको छानो बिस्तापित गर्ने लक्ष्यरहेको प्रमुख पाण्डेले बताए ।
उनले यस बर्ष तुलसीपर उपमहानरपालिकाको ५, ६र ९ नम्बर वडालाई खरको छानामुक्त वडा बनाउने बताए । २०७५ समृद्धिर विकासको बर्षको रुपमा अगाडि बढाईने उनले जानकारी दिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, स्थानीय बिष्णु भण्डारीलगातले मन्तब्य ब्यक्त गरेका थिए । वडासदस्यराधिका न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रको सहजीकरण प्रेम नेपालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *