काठमाडौं । सिन्डिकेड कायम राख्न पाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका यातायात व्यवशायीविरुद्ध सरकार कडा रुपमा पेश हुने भएको छ । यसैक्रममा यातायात वन्द गर्ने समितिका पदाधिकारीलाई पक्राउ गरेर कानुनी कारवाहीको तयारी भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयहरुलाई गृहमन्त्रालयले सिन्डिकेटका पक्षमा यातायात बन्द गर्ने समितिका पदाधिकारी र अन्य अधिकारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।
गृहमन्त्री रामवहादुर थापाले सिन्डिकेटधारीसँग सरकार नझुक्ने भन्दै यस्तो कार्यमा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्रालयस्रोतले जनाएको छ ।
समाचारदैनिकबाट