फष्टाउदो मुर्ति उद्योग व्यवसाय

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख २१, २०७५       | 140 Views   ||

सन्तोष अधिकारी

दाङ/ दाङको सिर्जनसिल मूर्ति उद्योगलाई अहिले कामको चापले भ्याई नभ्याई छ । जिल्लाका धार्मिक स्थल, विद्यालय तथा विभिन्न व्यक्तिहरुका शालिक निर्माणमा कालिगढहरु तल्लिन छन् । देवी,देवताका मुर्तिको अधिक रुपमा माग बढेको भएपनि उद्योगमा शालिक, शिलालेख तथा पार्क निर्माणको अर्डर आउने  गरेको कालिगढहरु बताउँछन् ।
घोराही उप-महानगरपालिका-१७ मारहेको सिर्जनसिल मुर्ति उद्योगले बिगत दुई बर्ष देखि मुर्ति तथा शालिक बनाउने काम शुरु गरेको थियो । अहिले उद्योगमारहेका ७ जना कालिगढहरु पनि कम भइरहेको उद्योगका सञ्चालक शंकरकिरण अधिकारीले बताए ।

‘यो उद्योग जिल्लामै एक मात्र हो,माग धान्न गा¥हो छ तर हामी हाम्रा ग्राहकहरुलाई निरास बनाउने छैनौ,’ अधिकारीले भने । जिल्ला स्थित पाण्डवेश्वर मन्दिरको काम अलि धेरै छ । चार जना कालिगढ मन्दिरमै गएर काम गरिरहेकाछन भने बाँकी ३ जनाले उद्योगमा काम गरिरहेको अधिकारीले बताए ।

शसस्त्र द्धन्द्धका वेलाराज्यपक्षबाट मारिएका १२ जना सहिदहरुको अर्धकदका शालिक निर्माण गरेका छौ । दाङको साथै हामीले बुटवलका पनि केही काम गरेका छौं अधिकारीले भने ।
जिल्लामा कालिगढहरु नभएकोले जिल्ला बाहिरबाट कालिगढ ल्याउनु परेको अधिकारीले बताए । अहिले उद्योगमारहेका सबै कालिगढहरु कपिलबस्तु जिल्लाकारहेकाछन् । उद्योगमा काम गरिरहेका मुख्य कालिगढ जेपी चौधरीले आफन्तबाट मुर्ति तथा शालिक बनाउन सिकेको बताउँछन भने अन्य ६ जनालाई जेपीले नै सिकाएका हुन् ।

अहिले सबै कालिगढ काममा निपूर्ण भइसकेकाले चारजना मन्दिरमै गएर काम गर्न थालेकाछन् ।उद्योगमा आएको अर्डर हेर्ने हो भने २÷३ महिनापछि मात्र पालो आउने देखिन्छ । एउटा मुर्ति बनाउन एक सातादेखि १० दिन लाग्ने गरेको जेपी बताउँछन् ।
मुर्ति बनाउन चाहिने आवश्यक सामाग्रीमा माटो,ढुंगा,मेटल तथा प्लाष्टिक सवै बाहिरी जिल्लाबाट खरीद गर्नुपर्ने संञ्चालक अधिकारी बताउँछन् । माटो कपिलबस्तुबाट ढुङ्गा जिल्ला भित्रबाटै भएपनि पाउन मुश्किल भएको अधिकारीले बताए ।

मेटल,मार्वल तथा प्लाष्टिक जिल्लाका पसलमा पाइएपनि महंगो भएकाले बुटवलदेखि ल्याउने गरेको छांै अधिकारीले भने । माटो पनि महंगो छ, सिमेन्टको बोरामा एक बोराको ३ सय रुपैया पर्ने गरेको उनले बताए ।

सामान्यतया मार्वलको एउटा अर्धकदको शालिकलाई ५० देखी ८० हजारसम्म पर्ने भएकोले अन्य जिल्लाको तुलनामा निकै सस्तो भएको अधिकारीले बताए ।
पहिले,पहिले हस्तकला सिक्नका लागि कालिगढ भारत जाने गर्थे । उनीहरुले सिकेको सीप बुटवल,कृष्णनगर तथा सिमा क्षेत्र एरियामा दशैंको सिजनमा मात्र प्रयोग हुँदै आइरहेको थियो । तर अहिले दाङमा खुलेको उद्योेगलाई हेर्ने हो भने कामको माग अनुसार कालिगढ पाउन मुश्किलरहेको उद्योगले जनाएको छ ।

यो त जिल्लाको मात्र अर्डर मात्र हो, यदि जिल्ला बाहिरबाट अर्डर आउने हो भने पु¥याउन गाह्रो भएको उद्योगले जनाएको छ । जिल्ला भित्रका केही बिद्यालयहरुले सरस्वतीको मुर्ति बनाएकाछन् । जिल्लामारहेको हस्तकला उद्योगलाई प्रर्बद्धन गर्न तर्फ अहिलेसम्म कसैको ध्यान गएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *