मानिसले अण्डा पारेपछि

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख २१, २०७५       | 267 Views   ||

इण्डोनेसियामा एकजना किशोरले पछिल्लो दुई बर्षदेखि अण्डा पारिरहेको घटनाले सबैलाई चकित बनाएको छ । १४ बर्षका यी किशोरले अण्डा पारेको भिडियो पनि विभिन्न अनलाइनमा भाइरल बनेको छ । अकमल नामका ती किशोरले डाक्टरकै अगाडि अण्डा पारेको बताइएको छ ।

उनका परिवारले उनले पछिल्लो २ बर्षमा २० वटा अण्डा पारेको दावी गरेकाछन् ।
आफ्नै आँखा अगाडि अकमलले अण्डा पारेपछि डाक्टरहरु पनि तीन छक परेका थिए । तर डाक्टरहरुले मानिसको शरीरभित्र यस्तो चराको जस्तो अण्डा उत्पादन हुने कुरा सम्भवनै नभएको वताउछन् उनले शरीरभित्र अण्डा राखेर आफैले पारे जस्तो गरी सबैलाई झुक्याएको आशंका समेत गरिएको छ ।
तर, उनको शरीरको एक्सरे गर्दा समेत जिउ भित्र कुनै पनि त्यस्तो लुकाएको अण्डा पाइएन् ।

उनले यसअघि १८ वटा अण्डा पारेकोमा डाक्टरकै अगाडि थप दुइवटा अण्डा पारेका थिए । डाक्टरको अगाडि अकमलले पारेका अण्डा फोरेर हेर्दा एउटामा भित्रपट्टी पूरै पहेँलो र अर्कोमा भित्रपट्टी पूरै सेतो पाइएको उनका बुवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *