खुसी,सुखी र सन्तुष्ट कसरी बन्ने ?

  
  प्रकाशित मितिः बिहिबार, बैशाख २७, २०७५       | 305 Views   ||

हामी किन सफल हुन खोज्छौं, किन धन आर्जन गर्ने चाहना राख्छौं, किन लोकप्रिय हुने प्रयास गछौं, किन नाम कमाउन चाहन्छौं, किन मिठो मसिनो खान खोज्छौ, किन रमाइलो गर्न मन गछौं ?
यी सबै प्रश्नको एकमुष्ठ जवाफ हो, खुसी हुनका लागि । आखिर हामी जे जति काम गछौं ती सबैको सार हो,खुसी । मिठो खाएर होस् नाचगान गरेर होस,प्रतियोगिता जितेर होस्,सुविधा भोग गरेरै होस् हामीले खुसी खोजिरहेका हुन्छांै । घतलाग्दो त के भने,त्यो खुसी हामी भित्रै छ । तर, आफै भित्रको खुसी पनि हाम्रो निम्ति दुर्लभ छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौं । हामी किन हर बखत खुसी वा प्रसन्न रहन सक्दैनौ ?

अध्ययनहरुले भन्छ, भौतिक जरुरत इच्छा वा सफलताको अपेक्षा, जीवनको सम्बन्धमा आफ्नो दृष्टिकोण,आफ्नो इष्टमित्र, आफन्त र नातेदारको गुणवत्ता जस्ता कुरामा खुसी निर्भर रहन्छ । खुसी हुनु स्वास्थ्यका लागि फाइदा जनक हो । तर, कसरी खुसी हुने ?
–मानसिकता बदलौं ः
मानविय गुण वा प्रवृत्ति के हुन्छ भने, राम्रो कुरा चाडै भुल्ने र नराम्रो कुरालाई लामो समयसम्म याद गर्ने । अहिले एउटा प्रक्रिया छ, जसलाई न्युरोप्लास्टिसिटी भनिन्छ, यस अन्र्तगत हाम्रो मस्तिष्कको सोच्ने शैली बदलिन्छ । हाम्रो दिमागलाई खुसी रहन सिकाउँछ ।
– आशावादी रहनुपर्छ ः आशावादी रहँदा आफ्नो शरीरमा कुनै किसिमले शरीरलाई प्रभावित बनाउन सक्छ । आफ्नो वर्तमानमा केन्द्रित हुनुपर्छ, जसबाट आफु स्वंम र अर्कालाई धेरै खुसी दिन सकौं ।
– ध्यान लगाउनुपर्छ ः जस्तो कि, प्राणायाम वा योगाले हाम्रो दिमागको कुनै एक भागलाई प्रभावित गर्छ । यसले हाम्रो सोचाई र भोगाईलाई विकसित गर्छ, जो खुसी जिन्दगीको लागि आवश्यक छ ।
– सानोतिनो कुरालाई पनि परिपक्क वा अनुभवी हिसाबले ग्रहण गरौं । यदि दिमागलाई खुसी राख्ने हो भने यो राम्रो तरिका हो । आफूलाई जे कुराले खुसी बनाउँछ, त्यसैलाई मनमा लिनुपर्छ ।
– दिनभर जे जति आनन्ददायक घटना घट्छ, त्यसलाई मनमै संग्रह गरौं । एउटा डायरी बनाएर त्यस्ता कुरा पनि लेख्न सकिन्छ । मानौ, हामीले आज मिठो ब्रेकफास्ट ग¥यौं,कुनै साथीले घतलाग्दो कुरा गरे, कतैबाट अप्रत्यासित खुसी तुल्याउने फोन आयो, कसैले प्रेमपूर्वक व्यवहार ग¥यो । दिनभर घट्ने यस्तै सुखद पलहरुलाई मनमा संग्रह गरौ ।
– आफूसँग जे चिज छ, त्यसका लागि गहिराइबाट कृतज्ञता महसुष गरौं । आफूसँग जे छ,त्यसैमा कृतज्ञ रहने अभ्यास गरौं । यसले जीवनमा अधिक सन्तुष्ट प्राप्त हुन्छ ।
दृष्टिकोण पनि बदल्नुपर्छ ः जस्तो कि कुनै आधा भरिएको गिलास छ । त्यसलाई ‘आधा खाली गिलास’ भनेर नहेरौं । बरु ‘आधा भरिएको गिलास’ भनेर हेरौं । दिमागलाई यसरी एड्जस्ट गरौ कि, हरेक चिजलाई राम्रो पाटोबाट देख्न सकियोस् ।
– यो कुरा बुझौ कि मोजमस्ती गर्नु खुसी हुनु होइन । मोजमस्तीबाट प्राप्त खुसी क्षणिक हुन्छ । हामीले टिकाउयुक्त खुसी खोज्नुपर्छ ।
– आफूमा यस्तो गुण विकास गरौं, जसले सधै खुसी दिलाउन सक्छ । जस्तो कि अरु प्रति कृतज्ञ हुन सिकौं । विनम्र, विनयी, सकारात्मक, दयालु जस्ता गुणले खुसी दिलाउँछ । रिस,अहंकार,दम्भ, प्रतिशोधको भावनाले खुसी टिक्न दिदैन् ।
आफुले आफैलाई जाँच गरौं ःराती सुन्नु अघि आफ्नो कामको समीक्षा गरौं । आज मैले दिनभर के गरें, कति गरें, कसरी गरें, किन गरें जस्ता प्रश्नको उत्तर खोजौं । बिहान जे सोचेर काम शुरु गरिएको थियो, त्यो पुरा भयो ? यदि भएन भने, किन भएन ? कसरी भएन ? यसमा पनि घोत्लिनुपर्छ । यद्यपि यसलाई तनावको विषय बनाउनु हुँदैन । एकदमै ताजा मस्तिष्कले आफ्नो समीक्षा गरौं । आफ्ना गल्ती, कमजोरीलाई सच्याउने प्रण गरौं ।
–आफ्नो मूलभूत आवश्यक्ता पुरा गरौं ः खान, बस्न, घुमफिर गर्न, रमाइलो गर्न, चाडपर्व मनाउन आदिका लागि सक्षम हुनुपर्छ । पैसाले खुसी दिदैन् । तर,यसले त्यो भौतिक आवश्यक्तालाई पुरा गरिदिन्छ, जो खुसीको माध्याम बन्न सक्छ ।
स्वस्थ्य रहनुपर्छ ः खुसी हुनु भनेको मानसिक कुरा हो । तर, यसमा शारीरिक अवस्थाले पनि प्रभाव पार्छ । शारीरिक रुपमा स्वस्थ, तन्दुरुस्त भइयो भने नै खुसी अनुभूत गरिने हो । यसर्थ व्यायाम गरौं, सन्तुलित खानपान गरौ, योग गरौं, सक्रिय जीवनशैली अपनाऔं ।
– हामीले आज मिठो ब्रेकफास्ट ग¥यौ, कुनै साथीले घतलाग्दो कुरा गरे, कतैबाट अप्रत्यासित खुसी तुल्याउने फोन आयो, कसैले प्रेमपूर्वक व्यवहार ग¥यो । दिनभर घट्ने यस्तै सुखद पलहरुलाई मनमा संग्रह गरौं ।
–समयको व्यवस्थापनः हामी जे जति काम गर्ने सोच्छौं, त्यो किन पुरा भएन ? जति जनालाई भेट्नुपर्ने थियो, किन सबैलाई भेट्न सकिएन ? जहाँ,जहाँ पुग्नुपर्ने थियो, किन सबैतिर पुग्न सकिएन ?
किनभने, हामी समय व्यवस्थापनमा चुक्यौं । धेरै असफलताको पछाडि यहि कारण हुने गरेको छ । जब यस्ता कुराले हाम्रो दैनिक कार्य सम्पादन हुन पाउँदैन, मनमा सन्तुष्ट मिल्दैन् । हामी खिन्न हुन्छौ । काम थाँती रहन्छ । साथीभाईहरुले विश्वास गर्दैनन् । त्यसैले हरेक बिहान घरबाट निस्कनुअघि दिनभर गर्ने कामहरुको सूची बनाउनुपर्छ । कहाँ, कतिबेला, के काम, किन गर्ने ?त्यही तालिका अनुसार आफ्नो दैनिकीलाई डो¥याउनुपर्छ ।
– श्रममा विश्वास गरौं, हामी त्यहिबेला दुखी हुन्छांै,जब सोचेको पुरा हुँदैन् । सोचेको कुरा त्यहि अवस्थामा पुरा हुँदैन,जब हामी सहि ढंगले त्यसका लागि श्रम गर्दैनांै । मिहेनत गर्दैनौ । भनिन्छ, हरेक समस्याको समाधान हो श्रम । सकारात्मक र सार्थक श्रम गरौं,जसले जीवनमा सन्तुष्ट प्राप्त गर्न सकियोस् ।
– असल साथीहरु बनाउनुपर्छ ः यस्ता साथी जसले आफ्नो सुख,दुखमा साथ दिन्छ । आफ्नो सफलतामा रमाउन आउँछ र विफलतामा ढाड्स दिन आउँछ । त्यस्ता साथीभाईको संगतले पनि जीवनमा खुसी दिलाउँछ ।
– करुणामय रहनुपर्छ । अरुमाथि दया राख्नुपर्छ । प्रेमभाव राख्नुपर्छ । कुनै दुखी, गरिब,असाह्य, असक्षमलाई हार्दिक मनले सहयोग गरौं । यस किसिमको सहयोगी भावनाले खुसी दिलाउँछ ।
हामी खुसी हौ वा दुःखी । तर, हरेक समयमा मुस्कुराउनुपर्छ ।
– क्षमा गर्न सिकौं । अरुले कुनै गल्ती गरेको छ वा आफुलाई असर गरेको छ भने सधै त्यसको तुष बोकेर हिँड्नु हुँदैन । बरु, त्यस्ता गल्तीमा माफी दिनुपर्छ । यसले गर्दा मनमा विकार रहँदैन । खुसी भइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *