एमाले-माओवादी ऐतिहासिक पार्टी एकता आज

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ ३, २०७५       | 243 Views   ||

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ ।

मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरु एक हुन लागेका हुन् । एकीकरणपछिको पार्टी नेपालको इतिहासमै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्ने भएको छ ।

बिहीबार दिउँसो निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने कार्यक्रम छ । दर्ता लगत्तै साँझ ५ बजे राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने तयारी छ ।

संघीय संसदमा एमालेको १२१ र माओवादीको ५३ सिट छ। दुई तिहाई पुग्नलाई अब १० सिटमात्र कमी हुनेछ ।

पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र चुनाव चिन्ह सूर्य हुने भएको छ । यस्तै निर्देशक सिद्धान्त ‘जनताको जनवाद’ हुने भएको छ। नयाँ पार्टीमा चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी महाधिवेशनसम्म सहअध्यक्षका रुपमा पार्टीलाई हाँक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *